नेकपा कास्कीद्वारा पार्टीको नाम दुरुपयोग नगर्न चेतावनी

काठमाडौं। नेकपा कास्कीले पार्टी केन्द्रको निति निर्णयको अवज्ञा गर्दै पार्टी अनुशासनको गम्भिर उन्लंघन गरेका कारण पार्टीको दुरुपयोग नगर्न चेतावनी दिएको छ । पार्टी केन्द्रबाट नै कार्वाही गरेका गोकुल पराजुली, बद्री अधिकारी र रमाकान्त बास्तोलालगायत केही समुहले पार्टीको नाममा नक्कली लेटरप्याड, रसिद र स्टाम्प प्रयोग गरि विभिन्न गतिविधिहरु गरेकाले अवका दिनदेखि यस्ता खालका गतिविधि नगर्न चेतावनी दिएको हो । सबै शुभचिन्तक र आम जनसमुदायहरुलाई पार्टीले कार्वाही गरेका व्यक्तिहरुको भ्रममा नपर्न जिल्ला सेक्रेटरी काजी गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत हार्दिक अपिल गरेको छ ।