सहिद कुमार पौडेल पत्नी कलाद्वारा बागमती नगरपालिका मेयर पदमा उम्मेदवारी

काठमाडौं। एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेलका पत्नी धनकुमारी खडका (पौडेल) कलाले बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन । मनोनयन दर्ता गर्न आइतबार ११ बजे निर्वाचन अधिकृत कार्यालय बागमतीमा जनसहभागिता सहित पुगेकि धनकुमारी खड्का पौडेलले बागमती नगरको मेयर पदमा स्वतन्त्र उम्मेद्वरी दर्ता गरेकी हुन् । भ्रस्टाचार, तस्करी ,प्राकृतिक स्रोत साधनको दोहनको विरुद्ध। गरिब,किसान, मजदुर र सुकुम्बासीको अधिकार र बिकास समृद्दी सुशासनको निम्ति महान सहिद कुमार पौडेलको पत्नी धन कुमारी खड्का पौडेल द्वारा मेयर पदमा उम्मेदवारी दिएको बताएकी छिन । उनले बागमती नगरपालिकाको जनताको स्वतन्त्र अधिकारको निम्ति अफ्नो श्रीमान कुमार पौडेल ले रगत बगाएको , भ्रष्टाचार प्राकृतिक स्रोतमाथी लूट मच्चाउनेको विरुद्ध अवाज उठाएकै कारण गरिब सुकुम्बासी जनता मारा दलालहरुकै कारण उहाँको हत्या गरिएको र अफ्नो श्रीमान सहिद कुमार पौडेलले जनतालाई गरेको बाचा उहाँको उदेश्य उहाँले लिनुभएको लक्ष अपुरो रहेको र त्यो सपना पूरा गर्ने प्रतिबद्धतासहित आफुले स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएको बताइन । निर्वाचन कार्यालय जनसहभागितासहित पुगेकि धनकुमारीको पति कुमार पौडेल २०७६ असार ५ गते लखन्दी खोलामा निर्ममताका साथ हत्या गरिएको थियो र हत्याराहरुको विरुद्ध अदालतमा मुद्धा चलिरहेको छ ।