मङ्गलसेन नपाको उपमेयरमा युवा उद्धमी भण्डारीद्वारा स्वतन्त्र उम्मेदवारी

२०७९ बैशाख १३ गते, मंगलवार


काठमाडौं। अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन स्थिति मङगलसेन नपामा समाजसेवी तथा युवा उद्धमी पुर्ण भण्डारीले उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । बिकास निर्माणका काम र जनताको नाममा परिचालन गरिने साधन श्रोतलाई पार्टीकरण हुन नदिन भण्डारीले उपमेयर पदमा उम्मेदवारी घोषण गरेका हुन। राज्यका तीन तह मध्य स्थानीय तहलाइ स्थानीय सरकारको रुपमा हेरिएको बेला नगरबासिको बिकास र पारदर्शिकताको चाहानालाइ सम्बोधन गर्न र राज्यको साधन श्रोतको न्यापुर्ण बितरण गर्दै बिकासनिर्माणमा भैरहेको राजनितिककरणको अन्त्य गर्न उम्मेद्वारी दियको कुरा उपमेयरका प्रत्यासी पुर्ण भण्डारीले बताए ।
दलिय आधारमा जसरी स्थानीय जनताहरु बिच धुर्विकरण हुँदै आएको छ, यसले जित्ने नेता र पार्टिहरुले उपलब्ध साधन श्रोतको पनि पार्टीकरण गर्न थालियो , जितेका प्रतिनिधिहरुले जनताका आधारभुत सेवा सुबिधासमेत पार्टी र आफ्नो नजिकका आधारमा बितरण गर्ने स्थिति रह्यो ,यो निकै अन्यायपुर्ण परिपाटी हो यसको बिकल्प दिनु पर्ने ठान्यौ र मैले उम्मेदवारी दिए भण्डारिले भने।
नागरिकले इमान्दार , केही गर्न सक्ने र जनपक्षीय उम्मेदवार खोजिरहेको बेला समाजसेवी तथा युवा उद्धमी भण्डारीले नगरको आबश्यकता र नगरबासिको चाहाना अनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]