नेकपाको समर्थनमा रोल्पाका ९ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता

२०७९ बैशाख १३ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जिल्लाको बिभिन्न ९ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका लागि रोल्पाका ९ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चुडामणि वली (आदर्श)ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ । वडा नं. २, ३, ४, ५, र ६ नम्वरमा उम्मेदवारी दिएको बताईएको छ । जसमा वडा नं. ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा समेत उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्षमा लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन । त्यस्तै बिद्रोही मानिने थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती, दरजित रोका र महेश बुढाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै जिल्लाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन । त्यस्तै जिल्लाको लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया विकले उम्मेदवारी दिएकी छिन । त्यस्तै सुनछहरी गाउँपालिकाको अध्यक्षमा नेकपा नेता पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
यसैगरी रोल्पा नगरपालिका वडा नं. १० को वडाअध्यक्षमा धनबहादुर थापा र माडी गाउँपालिका –५ को वडाअध्यक्षमा प्रकाश केसीले उम्मेदवारी दिएका छन । त्यस्तै त्रिवेणी गाउँपालिकाको ३ नं. मा वेदबहादुर पुन र ६ नं. वडामा खिमराज पुनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
यी हुन् रोल्पा जिल्लाका ९ वटा स्थानियतहका स्वतन्त्र उम्मेदवार : –
गंगादेब गाउँपालिका
अध्यक्ष : चुडमणी वली ‘आदर्श’
उपाध्यक्ष : सुशीला वली
२ नं. वडाध्यक्ष : टीकाराम नेपाली
३ नं. वडाध्यक्ष : लालबहादुर वली ‘विश्व’
४ नं. वडाध्यक्ष : नन्दे वली ‘मगल’
५ नं. वडाध्यक्ष : यमन कुमार मल्ल
६ नं. वडाध्यक्ष : दिपेन्द्र खत्री
थबाङ गाउँपालिका
अध्यक्ष : अमित घर्ती/अजय घर्ती/दरजित रोका/महेश बुढा
उपाध्यक्ष: राय बहादुर पुन
१ नं. वडाध्यक्ष : फरके झाँक्री
२ नं. वडाध्यक्ष : तिर्थ नारायण मिजार
५ नं. वडाध्यक्ष : दुक्मन रोका
परिवर्तन गाउँपालिका
अध्यक्ष : लाल बहादुर डाँगी
उपाध्यक्ष : मिरा बुढा
२ नं. वडाध्यक्ष : अनिल केसि
३ नं. वडाध्यक्ष : पृथ्वी बिक्रम डाँगी
४ नं. वडाध्यक्ष : चित्र बहादुर बुढा ‘गनेश’
५ नं. वडाध्यक्ष : खिम प्रसाद घर्ती शाहा ‘ज्वाला’
६ नं. वडाध्यक्ष :दिपक थापा
सुनिलस्मृती गाउँपालिका
अध्यक्ष : कमल थापा ‘बिजुली’
उपाध्यक्ष : दिपेश बिष्ट
२ नं. वडाध्यक्ष : बेगमध्वोज थापा ‘एनान’
६ नं. वडाध्यक्ष : सन्तोष सुबेदी ‘प्रयास’
सुनछहरी गाउँपालिका
अध्यक्ष :पुस्तमन घर्ती मगर
उपाध्यक्ष कोम बहादुर बुढा
६ नं. वडाध्यक्ष : हेमन्त पुन
लुङ्ग्री गाउँपालिका
अध्यक्ष : भुपेन्द्र खड्का क्षेत्री
उपाध्यक्ष : ज्ञानु माया बिक
१ नं. वडाध्यक्ष : धन बहादुर खत्री
२ नं. वडाध्यक्ष : जितमान खड्का
३ नं. वडाध्यक्ष : लिला बहादुर घर्ती क्षेत्री
४ नं. वडाध्यक्ष : टेक बहादुर बिष्ट
५ नं. वडाध्यक्ष : सर्वण कुमार रोका मगर
त्रीबेणी गाउँपालिका
३ नं. वडाध्यक्ष : बेद बहादुर पुन ‘प्रसान्त’
६ नं. वडाध्यक्ष : खिम राज पुन
माडी गाउँपालिका
५ नं. वडाध्यक्ष : प्रकाश के.सी.
रोल्पा नगरपालिका
१० नं. वडाध्यक्ष : धन बहादुर खत्री ‘बिश्लेसन’

प्रतिक्रियाहरु

[anycomment]