पुर्ण पौडेलको खोज कार्यक्रम सम्पन्न

काठमाडौं । अखिल ( क्रान्तिकारी) कास्कीले संगठनका तत्कालीन महासचिव पुर्ण पौडेलको खोज कार्यक्रम सम्पन्न गरेको छ । २०५९ साल वैशाख १३ गते आजकै दिन तत्कालीन राज्य सत्ताले काठमाडौंको कालीमाटीबाट पुर्ण पौडेल विश्वासलाई नियन्त्रणमा लिएको थियो । उनको स्थिति आज सम्म पनि सार्बजनिक गरेको छैन । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला सेक्रेटरी काजी गुरुङले आफ्नो पार्टीले कुनै पनि हालतमा सहिद तथा बेपत्ता योद्धाहरुले देखेको सपनालाई आत्मासाथ गरेर अगाडि बढने बताए । कार्यक्रममा सहिद परिवार तथा पोखरा महानगर सेक्रेटरी प्रकाश बास्तोला, बेपत्ता परिवार तथा लेखनाथ नगर सेक्रेटरी सोममायाले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पवन पुनले गरेका थिए भने सञ्चालन पृथ्वीनारायण क्याम्पसका संयोजक युवराज थापाले गरेका थिए ।