नेकपा इलामद्वारा स्वतन्त्र उम्मेदवारलाई समर्थन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामले देश र जनताको सांचो प्रतिनिधित्व हुने स्वतन्त्र जनपक्षिय उम्मेदवारहरुलाई पुर्ण सहयोग र समर्थन रहने जनाएको छ । सो पार्टीका ईन्चार्ज सुमनसिंह र सचिब मौसमले बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन्। उनिहौले ति उम्मेदवारहरुलाई अत्याधिक मत दिन आम ईलामेली न्यायप्रेमी जनतामा अपिल गर्दै आफ्नो अमुल्य मतलाई दलाल संसदबादीका पैसा, प्रलोभन र प्रभावको बन्धक नबाई आफ्नो चेतना र बिबेकको सहि प्रयोग गर्न अनुरोधसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी इलामका ईन्चार्ज सुमनसिंह र सचिब मौसमले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ -” हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी यो देशमा दलाल संसदिय पुंजिवादी सत्ताले यो रास्ट्र र जनताको जिवनमा थोपरेको चौतर्फी संकटको बिरुद्ध निरन्तर बलिदानी पुर्वक संघर्ष गर्दै एकीकृत जनक्रान्तिको प्रकृयामा अगाडि बढिरहेको छ । रास्ट्रीय, अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदलका सन्धर्भ साथै पार्टी र जनतालाई एकाकार गर्नु पर्ने वातावर्ण तय गर्नु पर्ने दायित्व बोधका साथ हाम्रो पार्टिको केन्द्रिय समितिको १२ औं बैठकले स्थानिय निर्वाचनलाई एमसिसी, रास्ट्रघात बिरुद्ध जनपक्षिय स्वतन्त्र उम्मेदवारहरु सहभागी गराएर चुनाबलाई प्रयोग गर्ने कार्यनिती पास गर्यो ।
हामिले ईलाममा यो कार्यनितिलाई जनताको बिचमा दृढतापुर्वक लैजाने प्रयत्न गरेका छौं । जस अनुसार : ईलाम नगरपालिका प्रमुख- फडिन्द्र न्यौपाने, उपप्रमुख- डाक प्रसाद गौतम , सन्दकपुर गांउपालिका प्रमुख- खड्ग बहादुर राई, सोही पालिका वार्ड न. १ अधक्ष- नन्द कुमार राई, माई जोगमाई गांउपालिका प्रमुख- बेनुप बिक्रम तामाङ्ग, देउमाई नगरपालिका प्रमुख- मोहन बराल, चुलाचुली गाउंपालिका प्रमुख- गणेश बहादुर पौडेल, सोही वार्ड न. ५ अधक्ष- डम्बर बहादुर चौहान, र माई नगरपालिका वार्ड न. ४ अधक्ष – छवि आचार्य लाई स्थानिय निर्वाचनमा उम्मेदवारको रुपमा सहभागी गराएका छौं ।
यो उम्मेदवारी एमसिसी, रास्ट्रघात, जनघात, भ्रष्टाचार कालोबजारी बिरुद्ध हुने छ भने यी तमाम संकटको कारक यो दलाल पुंजिवादी संसदिय ब्यवस्था भएको कुरा जनतालाई बोध गराउंदै यहि चुनाबी मंचलाई प्रयोग गरि यो संसदिय ब्यवस्थाको भण्डाफोर गरिने छ । यो देश ईतिहांसकै सर्वाधिक संकटमा परेको यो बेला हामिले यो ब्यवस्थालाई खारेज गरेर बैज्ञानिक समाजबादलाई स्थापना गर्ने सोच्नु र सोही अनुरुप काम गर्नु पर्दछ ।
अत: यहि उदेश्यको निम्ति देश र जनताको सांचो प्रतिनिधित्व हुने स्वतन्त्र जनपक्षिय उम्मेदवार हरुलाई हाम्रो पुर्ण सहयोग र समर्थन रहने सबै इलामेलि जनतालाई जानकारि गराउंदछौं । साथै यी उम्मेदवार हरुलाई अत्याधिक मत दिन आम ईलामेली न्यायप्रेमी जनतामा अपिल गर्दछौं । आफ्नो अमुल्य मतलाई दलाल संसदबादीका पैसा, प्रलोभन र प्रभावको बन्धक नबाई आफ्नो चेतना र बिबेकको सहि प्रयोग गर्न अनुरोध छ । “