काठमाण्डौंको मेयरमा पाण्डे र उपमेयरमा गुरुङको स्वतन्त्र उम्मेद्वारी

२०७९ बैशाख १३ गते, मंगलवार


काठमाडौं । काठमाण्डौं महानगरपालिकाको मेयरमा बरिष्ठ पत्रकार तथा अधिवक्ता निमकान्त पाण्डे र उपमेयर पदमा उमा गुरुङले स्वतन्त्र उम्मेद्वारी दिएका छन । काठमाडौ महानगरपालीका वडा नम्बर १६ मा वसन्त भेटवाल, तार्केस्वर नगरपालिका प्रमुखमा ध्रुवराज खड्का र गोकर्णेस्वर नगरपालिका प्रमुखमा श्री बरालले स्वतन्त्र उम्मेद्व्वारी दिएका छन !
काठमाण्डौ महानगरपालिकाको प्रमुख (मेयर) पदमा उमेदवारी दर्ता गरेपछि बरिष्ठ पत्रकार तथा अधिवक्ता निमकान्त पाण्डेले आफ्नो मान्यता बैज्ञानिक समाजबादबीना जनता र देशका लागि वर्तमान ब्यवस्थामा केही गर्न सकिने छैन भन्ने बताउदै आफ्नो मान्यताबारे स्पष्ट पार्दै आफु बिजयी भए तत्कालका यही ब्यवस्था अन्तरगत गर्ने प्रयासहरुमा
१) महानगरमा चल्ने बसमा निशुल्क यात्राको ब्यवस्था,
२) महानगरभित्रका सबै स्कूल र कलेजहरुमा निशुल्क शिक्षाको ब्यवस्था,
३) महानगरमा प्रत्येक बिद्युत मिटरमा २०० युनिटसम्मको शुल्क मिनाहा र एक ईण्डक्सन चुलो निशुल्क उपलब्ध,
४) पिउनेपानी निशुल्क,
५) महानगरमा चक्रपथ भित्र मोनोरेल निर्माण अभियान थालनी,
६) बाहिरी चक्रपथ बिस्तार प्रारम्भ,
७) फोहरबाट मोहर कमाउने अभियान अन्तरगत फोहरबाटै प्रांगारिक मल उत्पादन, फोहरबाटै ग्याँस उत्पादन सुरु,
८) सडकका दायाँ बायाँ २० मिटरको दुरीमा बृक्षारोपण अभियान र सोलार बत्तिको ब्यवस्थापन सुरु,
९) महानगरभित्र लागू गरिएको कर प्रणालीमा ब्यापक सुधार,
१०) MCC सम्झौता खारेज गराउन सक्दो प्रयास गर्ने प्रतिबद्धता,
११) भ्रष्टाचार बिरुद्ध सशक्त अभियानको थालनी गर्ने रहेको बताएका छन।

प्रतिक्रियाहरु

[anycomment]