अछामका स्वतन्त्र उम्मेदवारहरुको एउटै स्वर: ‘रास्ट्रघातीहरुलाई सामाजिक वहिस्कार गर्छौ’

२०७९ बैशाख १४ गते, बुधबार


काठमाडौं । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा अछामका स्वतन्त्र उम्मेदवारहरुले रास्ट्रघाती र भ्रस्टचारीहरुलाइ सामाजिक बहिस्कार गर्नु पर्ने बताएका छन।स्थानीय तहका प्रतिनिधिहरुका लागि हुन गइरहेको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गर्दै स्वतन्त्र उम्मेदवारहरुले यस्तो कुरा बताएका हुन। रास्ट्रघाती , जनघाती र भ्रस्टहरुलाइ बहिस्कार गरौ! जनपक्षीय र स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गरौ भन्ने उद्घोष सहित अछामको तुर्माखाद गाउपालिकामा समाजसेवी तथा राजनीतिज्ञ युवा निरक शाहिले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन भने अछामको सदरमुकाम स्थित मङ्गलसेन नगरपालिकामा युवा उद्धमी पुर्ण भण्डारीले उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका छन , बान्निगढी जयगढ गाउपालिकामा तारा पाण्डेले अध्यक्ष र डम्बरा साउद( रोशनी )ले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन। त्यस्तै ढकारी गाउपालिकाको वार्ड न २ मा समाजसेवी वीर बहादुर भुल र वार्ड न ३ मा बिमल कुमार बिस्ट , तुर्माखाद ५ मा भुपेन्द्र प्रसाद जैशी , वार्ड न ८को धमालिमा समाजसेबी तिलक बिस्ट र बान्निगढी जयगढ गाउपालिकाको वार्ड न ५ कालिका बाट झनकराज ढुङ्गानाले स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन।
स्थानिय स्तरमा हुने बिकास निर्माण र साधनश्रोतको बितरणमा भैरहेको दलियकरण रोक्न, भ्रस्टाचारको अन्त्य र बिकास निर्माणका कामहरुमा आम जनताको प्रत्यक्ष नेतृत्व एबम सहभागिता स्थापित गर्न स्वतन्त्र रुपमा उम्मेदवारी दिनु परेको ती उम्मेदवारहरुले बताएका छन। नेपालमा २०४६ देखि बारम्बार तिनै पार्टी , तिनकै आसेपासे र एउटा निश्चित बर्गको हालिमुहाली हुँदै आइरहेको बेला जनताले त्यसको बिकल्प खोजी रहेका छन, पारदर्शिता खोजिरहेका छन , जनताको घरदैलोमा स्थानिय सरकारको उपस्थित खोजिरहेका छन , यी नै आबश्यकतालाई पूरा गर्न र बिकासनिर्माणमा निश्पक्षता चाहिरहेको बेला अछमका विभिन्न ठाउमा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गरेको बुझिएको छ।

प्रतिक्रियाहरु

[anycomment]