झापामा नेकपाको समर्थन प्राप्त ६ उम्मेदवार

काठमाडौं । झापामा रास्ट्रघाती एमसिसी, भ्रष्टाचार , र जनबिरोधी हर्कतका बिरुद्ध ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी झापाले निर्वाचन प्रयोगलाई के गर्ने ? भन्ने विषयमा अन्यौलता कायमै राखेको बेला पार्टिको नितिबाट पछाडी नहट्ने उद्घोस गर्दै कन्काई नगरपालिकामा देबि प्रसाद उप्रेतिले मेयर पदमा आफ्नो उम्मेदवारी दिएका छन । साथै पार्टि नीति अनुसार कन्काई नगरपालिका वार्ड न. २ मा पर्शुराम गिरि र वार्ड न. ३ मा युवराज संग्रौलाले रास्ट्रघात र एमसिसी बिरुद्ध अधक्ष पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
त्यस्तै झापाको भद्रपुरको वार्ड न. ५ मा रास्ट्रघात बिरुद्ध संधै बोल्दै आएका डम्बर बर्माले पार्टिको नीति अनुसार रास्ट्रबादीहरुको ध्रुबिकरण बिकास गर्न अधक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन । डम्बर बर्मा स्वतन्त्र देशभक्त सामाजिक ब्यक्तित्व हुन ।
यता झापाको दमकमा पार्टिको पुनर्गठनकाल देखि निरन्तर विभिन्न भुमिकामा काम गर्दै आएका कमल पराजुलिले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन । दमकमै वार्ड न. ७ मा मनाहाङ्ग शुब्बाले वार्ड अधक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन । दमकमा सुकुमवासी माथी जनप्रतिनिधि र जग्गा दलालहरुले निरन्तर गरेको हमला बिरुद्धक पार्टिले संधै ससक्त प्रतिरोध गर्दै आएको हुनाले दमकमा नेपाल कम्युनिस्ट पार्टी लोकप्रीय रहेको र वार्ड न. ७ नै सुकुमवासी दमन र प्रतिरोधको केन्द्र बनेको हुनाले यो उम्मेदवारी दमक -७ मा निक्कै भारी र कडा प्रतिस्पर्धामा हुने दमकका जनताले बताउन थालिसकेका छन ।