गृह मन्त्रालयद्वारा विश्वराज पोखरेललाई आईजीपी बनाउन प्रस्ताव

२०७९ बैशाख १८ गते, आईतवार


काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए । तर आज बिहान भएको सत्ता गठबन्धनको छलफलमा वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने निष्कर्ष निकालेको बुझिएको छ । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा छन । तर प्रधानमन्त्री देउवा चाहिँ अझै आईजीपी नियुक्तिबारे परामर्शमै रहेको ले ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझैसम्म बस्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]