नेकपा कास्कीद्वारा स्वतन्त्र उम्मेद्वारहरुसंग छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले आगामी स्थानीय निर्वाचनमा जिल्लामा उठेका एमसीसी विरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारहरुसङग छलफल गरेको छ ।पोखरा महानगरपालिका प्रमुखको उम्मेदवार किशान सिंह गुरुङ, उपप्रमुखको उम्मेदवार सोममाया विश्वकर्मा लगायतका विभिन्न वार्ड अध्यक्षका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।छलफलमा जिल्लाको तर्फबाट पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल, जिल्ला सेक्रेटरी काजी गुरुङलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।