वरियताक्रम मिचेर आईजीपी नियुक्त , एआईजी पोखरेल र थापा अदालत जाने

२०७९ बैशाख १८ गते, आईतवार


काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ । सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेसंगे नेपाल प्रहरीमा फेरी एकपटक वरियताक्रम मिचिएको छ । गृहमन्त्री बालकृष्ण खाँण वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा हुँदा हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा हावी हुँदा नेपाल प्रहरी विवादमा परेको छ । प्रधानमन्त्री देउवाले पत्नी आरजु देउवाको जोडबलमा सिंहलाई आईजीपी बनाउँने कार्य गरेको स्रोतको दावी छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेकोछ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल गरेको बताइएको छ । ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँहरुले छलफल गरिरहनुभएको छ ‘ स्रोतले भन्यो ।

प्रतिक्रियाहरु

[anycomment]