अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा अनर्गल प्रचारबाजीको भ्रमबाट मुक्त हुन अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले एकीकृत जनक्रान्ति र महान सहिदहरूको वलिदानबाट स्थापित भएको क्रान्तिकारी पार्टी र संगठनमाथि गरिएको चौतर्फी घेराबन्दी, षडयन्त्र, दुस्प्रचार र आक्रमण बिरुद्ध सचेत रहन र हस्तक्षार दुरूपयोग गरेर गरिएको अनर्गल प्रचारबाजीको भ्रमबाट मुक्त हुन सम्पूर्ण मजदुर तथा श्रमिकवर्गलाई हार्दिक अपिल गरेको छ । महासङ्घका महासचिव , श्याम सेन्चुरी र सचिब डिल्ली वलीले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।
यस बिषयमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव , श्याम सेन्चुरी र सचिब डिल्ली वलीले जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ – ‘विश्वमा पुँजीवादी शोषण, दासताको विरूद्ध तथा श्रमिक वर्गको स्वतन्त्रता र समानताको पक्षमा ऐतिहासिक बलिदानीपुर्ण संघर्ष हुँदै आएका छन् । सन १८८६ देखि अमेरिकाको शिकागो शहरबाट मजदुरहरूले सुरू गरैको आन्दोलनमा हजारौं मजदुरहरूको वलिदान भएको थियो । श्रमजीवी वर्गले संघर्षबाट प्राप्त गरेको विजय पर्वको रूपमा सन् १८९० मै १ देखि विश्वका मजदुर वर्गले अन्तर्राष्ट्रिय दिवश मनाउदै आएको छ | मे १ मजदुरहरूले बिजय प्राप्त गरेको दिन हो | हाम्रो संगठन बिश्वका श्रमिक तथा मजदुर वर्गले गरेको वलिदानप्रति उच्च सम्मान गर्दै १३३ औं श्रमिक दिवशका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछ । हामी विश्वव्यापी रूपमा चलिरहेको श्रमिक आन्दोलनको ऐक्यवद्वता प्रकट गर्दै साम्राज्यवादको भूमन्डलिकरणले सृजना गरेको विश्वब्यापी संकटलाई वैज्ञानिक समाजवादद्वारा हल गर्ने आन्दोलनप्रति प्रतिवद्धता गर्दछौँ ।
नेपालमा श्रमिक बर्गको अधिकार र मुक्तिको पक्षमा निरन्तर संघर्षरत हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ वैज्ञानिक समाजवाद प्राप्तीका लागि एकीकृत जनक्रान्तिको प्रयोगमा छ । हाम्रो संगठनले विश्वसाम्राज्यवाद, अर्थवाद, बिसर्जनवादका विरूद्ध ट्रेड युनियन अधिकार र क्रान्तिकारी मजदुर आन्दोलनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ | हाम्रो संगठन नेपाल कम्युनिस्ट पार्टीको मूल नीति, नेतृत्व, मालेमावादको निष्ठा र एकीकृत जनक्रान्तिको महान आदर्शप्रति प्रतिबद्ध रहेको छ । राज्य र क्रान्तिको मूलनीतिमा प्रतिवद्ध छ तर मजदुर आन्दोलनलाई बदनाम गर्ने, संगठनलाई कमजोर पार्ने, गुटबन्दी गर्ने, लाखौं श्रमिकबर्गलाई भ्रम छर्ने गलत मनसायले हस्ताक्षर दुरूपयोग गरेर
गरिएको अनाधिकृत बक्तब्यबाजिप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षक भएको छ ।
एकीकृत जनक्रान्ति र महान सहिदहरूको वलिदानबाट स्थापित भएको क्रान्तिकारी पार्टी र संगठन माथि गरिएको चौतर्फी घेराबन्दी, षडयन्त्र, दुस्प्रचार र आक्रमण बिरुद्ध सचेत रहन र हस्तक्षार दुरूपयोग गरेर गरिएको अनर्गल प्रचारबाजीको भ्रमबाट मुक्त हुन सम्पूर्ण मजदुर तथा श्रमिकवर्गलाई हार्दिक अपिल गर्दछौँ। ‘
