अरुण दासलाई गुलाफको फुल र लालबावुलाई पुतली चुनाव चिन्ह प्रदान

काठमाडौं । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा महोतरी जिल्लाको महोत्तरी गाउँपालीका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका लालबावु बिनलाई चुनाव चिन्ह पुतली परेको छ । यता, धनुषा जनकपुर उपमहानगरपालीकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका अरुण दासको चुनाव चिन्ह गुलाफको फुल रहेको बताइएको छ । भ्रष्टाचार , र जनबिरोधी हर्कतका बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका दुवै जनालाई नेपाल कम्युनिस्ट पार्टीको समर्थन रहेको बताइएको छ।