पाण्डे र गुरुङद्वारा चुनावी अभियान सुरु

२०७९ बैशाख १९ गते, सोमबार


काठमाडौं । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उमेदवार निमकान्त पाण्डे र उपमेयर उमा गुरुङले चुनावी अभियान सुरु गरेका छन।नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा काठमाण्डौ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवार दिएका पाण्डे र उपमेयर गुरुङले घण्टाघर चुनाव चिन्ह पाएसंगै चुनावी अभियान शुरु गरेका हुन ।
विगत ४२ वर्षदेखि राजनीतिक पत्रकारितामा संलग्न रहँदै आएका पाण्डे तत्कालीन चौम र मशालबाट राजनैतिक आधार बनाएका ब्यक्ति हुन । उनले पछि एमाले, माले हुदै माओवादीलाई निकास दिन दरवारसंग पनि सम्बन्ध बढाएका थिए । राष्टियता, जनतन्त्र र जनजिवीकाको पक्षमा अटुट रुपले लाग्दै आएका पाण्डे पछिल्लो समय माक्र्सवादी एकता अभियान र एमसिसि बिरोधि अभियानमा सक्रिय रहेका छन ।
देशभक्त र जनपक्षिय उम्मेदवारलाई समर्थन गर्ने बिप्लवको नीति अनुरुप उनले सो दलको समर्थन पाएका छन भने त्यसबाहेक काठमाडौमा रहेका अरु बामपन्थीहरुको मत पाउने अपेक्षा उनले गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]