चुलाचुलीमा गणेश बहादुरको उम्मेदवारी एउटा बिद्रोह हो: संजय राई

२०७९ बैशाख २० गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले स्थानिय निकायको निर्वाचनलाई प्रयोग गर्ने नीति लिएपछि पार्टिको समर्थनमा ईलाम चुलाचुलिका स्थापित नेता, पोख्त कम्युनिस्ट , निष्ठा र आदर्श छवि भएका पुराना बामपंथी गणेशबहादुर पौडेल गांउपालिका अध्यक्षमा लड्दैछन । उनी के हुन ? के थिए ? र उनको जिवनको लक्ष र उदेश्य के हो ? उनको अवस्था कस्तो छ । उनलाई नजिक बाट चिन्ने झापाका क्रान्तिकारी नेता संजय राईले एउटा उनको चिनारी भिडियो बनाएका छन ।
संजय राईले भने – गणेश बुवा एक ईमान्दार कम्युनिस्ट हुनुहुन्छ । हामिलाई राम्रो संग थाहा छ उंहालाई बुझ्ने हो भने चुलाचुलिका जनताले भोट दिनु पर्छ । युवाहरुले बुझ्छन भन्ने लाग्छ । संजयले भने उंहालाई बुझे वा बुझेनन त्यो अलग कुरा हो तर यो उंहाको उम्मेदवारी एक बिद्रोह हो ।
गणेश बहादुर उच्च मनोबलका साथ लडदैछन । उनलाई कति भोट ल्यांउछु संग कुनै चिन्ता नभएको बताउछन । उनले भने जसले जिते पनि हाम्रो फरक द्रीस्टिकोणको जनसरकार अब बन्यो । कमसेकम चुलाचुलिका बिद्रोही जनताको केन्द्र हाम्रो द्रीस्टिकोण बन्ने स्पस्ट छ । उनले भने हामी हारेपनी देश र जनताको पक्षमा निरन्तर चुलाचुलिमा काम गर्ने छौ ।

प्रतिक्रियाहरु

[anycomment]