सुकुमवासीमाथी भएको अत्याचारको बिरुद्ध खडा भएका मनहाङ्ग

काठमाडौं । झापा दमक वार्ड न. ७ को अध्यक्षका उम्मेदवार मनहाङ्ग शुब्बाको लडांई सुकुमवासीमाथी भएको अत्याचारको बिरुद्ध भएको बताइएको छ । बिगतमा दमक ७ मा दमकनगरपालिकाले वार्ड अध्यक्ष भिम पौडेल र मेयर रोम ओलि कै अगुवामा सुकुम्बासीमाथि चरम दमन गरेका थिए । मनाहाङ्गको घरपनि भत्काईएको थियो । उनी २ बर्सदेखी त्रीपाल मुनि छन । उनले म सबैखाले मोर्चा लड्न तयार भएको र यो मोर्चा पनि लड्ने र जित्ने बताए । उनका अनुसार दमक ७ का सबै जनताले साथ दिएका छन । उनी युवाहरुको बिचमा पनि लोकप्रीय र चर्चित छन । उनले आंफुलाई जिताउन र दमक ७ को भविस्य लाई सुरक्षित गर्न दमक ७ का जनतालाई अपिल गरेका छन ।
उनलाई नेकपाका केन्द्रीय सदस्य सुमनसिंह, युवानेता हरु संजय, शुबास र अन्य दमकका युवा नेताहरुले प्रतक्ष साथ दिएका छन । सुमनसिंहका अनुसार, म मुद्धामा अडिक भएर लड्ने हो । म माथी ठुला ठुला षड्यन्त्र हुंदा पनि लड्ना छाडिन । नाताले आफ्नै बंश भित्रका भिम पौडेक वार्ड अधक्षमा लडेपनि मैले उनलाई गलत मुद्धामा सहयोग गर्न नसकेको बताए । उनले भिम पौडेललाई भने- उंहाले अध्यक्षमा आफ्नो दाबी छाड्नु र एकपटक युवालाई मौका दिनु नै राम्रो हो । उहाँ राम्रो गरि हाम्रो मुद्धामा उभिए उंहालाई हामी मेयरमै जिताउने थियौं सिंहले भने ।
यता, दमकको मेयरमा अर्का क्षमतावान र क्रान्तिकारी युवा कमल पराजुली पुतली चिन्ह लिएर खडा भएका छन । उनिहरु तिब्र र आक्रमक घरदैलोमा लागेका छन ।।