पाण्डे र गुरुङद्वारा चुनावी अभियान तिब्र

२०७९ बैशाख २१ गते, बुधबार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ‘घण्टाघर’ चुनावचिन्ह पाएसंगै चुनावी अभियानलाई  तिब्रता दिएका छन ।  ।  उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन जनाएको छ भने अन्य साना बाम पार्टीहरु लगायत संसदबादी धारका ठूला भनिएका पार्टीहरु नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीमा रहेका चुनावी तालमेलका बिरोधी नेता र कार्यकर्ताहरुले ठूलो संख्यामा बिद्रोह गर्दै  घण्टाघर चुनाव चिन्हमा मत खसाल्ने आश्वासन   दिएका छन् । अन्य बिभिन्न देशभक्त पार्टीहरुकोसमेत आफूलाई समर्थन रहेको उनीहरुको दाबी छ ।

काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे बिगत ४२ बर्षदेखि राजनीतिक पत्रकारितामा संलग्न रहँदै आएका छन । जनधारणा साप्ताहिकमा सम्पादक रहेका पाण्डेले आफ्नो पत्रिकामा ०५५र०५६ सालतिर नेताहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरी बनाएका महल र खरिद गरेका पजेरो गाडीहरु प्रकाशन गरी भ्रष्ट नेताहरुको भण्डाफोर अभियान नै चलाएका थिए । राष्ट्रियता र जनजीबिकाको सवालमा खरो कलम चलाउँदै आएका पाण्डेको उमेदवारीले भ्रष्ट राजनीतिक नेताहरुलाई काठमाण्डौ महानगरमा चुनौति थपिदिएको छ ।

यसैगरी ,  काठमाण्डौ महानगरपालिकाको उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङ काठमाडौं पुरानो बानेश्वर निवासी हुन्। उनले    २०३६ सालमा कम्युनिष्ट पार्टीमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेको थिइन्  ।  उनि २०५७ सम्म एमाले हुदैत्यसपछि   नेकपा  मालेमा आबद्ध भएकी थिइन्।   गुरुङ कै घरमा २०५७ नेकपा माओबादीकावाट तत्कालिन सरकारसंग वार्ता गर्न खटिएका   बाबुराम भट्टराई सार्वजनिक भएका थिए ।  गुरुङलाई  २०५८ सालमा शाही सेनाले १८ महिना बेपत्ता बनाएको थियोभने उनको  ३ वटा बैंकको चेकबुक कब्जा गरेर १९ लख रकम कब्जा गरेको थियो।  उनलाई २०७५ मा नेकपामाथि प्रतिबन्ध लगाइपछि तत्कालिन ओली नेतृत्वको सरकारले  २५ दिन प्रहरी हिरासतमासमेत राखेको थियो  । 

नेपाल कम्युनिस्ट पार्टीद्वारा समर्थित काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले आफ्नो  उम्मेद्वारी महानगरपालिकाको समग्र विकास गर्न, भ्रष्टाचारको अन्त्य गर्न, जातीय उत्पीडनको अन्त्य गर्न, महिला तथा बालबालिकाको विशेषाधिकार लागु गर्न, सफा र स्वस्थ महानगर निर्माण गर्न, महानगरको साँस्कृतिक सम्पदा तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न, महान शहीद, बेपत्ता/घाइते योद्धाहरूको सपना साकार पार्न, महानगरमा सुशासन कायम गर्न, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न, दलाल पुँजीवादी अर्थनीतिको भण्डाफोर गर्न, वैज्ञानिक समाजवादी अर्थनीतिको पूर्वाधार निर्माण गर्न, रोजगारीको ग्यारेन्टी गर्न, सर्वसुलभ शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्न, सुकुमबासीको समस्या समाधान गर्न, मानव तस्करीको अन्त्य गर्न, शहरी गरिबीको अन्त्य गर्न र “ग्रीन र क्लिन महानगर’ निर्माण गर्न रहेको बताएका छन। 

प्रतिक्रियाहरु

[anycomment]