‘जनताका लागि होइन जनताद्वारा बिकास भन्ने मान्यतासहित छुवाछूत मुक्त गाउँ बनाउछौ’

काठमाडौँ । अछामको पन्चदेवल बिनायक नगरपालिका वार्ड न २मा वार्ड अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार,समाजसेवी तथा युवा ब्यावसायी भिम नेपालीले अब जनताको नाममा तथाकथित बिकासको नारा दिने होइन स्वयम् जनताद्वारा बिकास भन्ने अवधारणा अघि सार्ने बताएका छन ।आशन्न स्थानिय तहको निर्बाचनको पुर्व सन्ध्यामा मङ्गलबार १५ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार नेपालीले उक्त कुरा बताएका छन । आजसम्म सबै पार्टी र पार्टीका प्रतिनिधिहरुले आफ्नो दलगत र ब्यक्तिगत अभिस्टालाइ पूरा गर्न हामीले जनताका लागि बिकास र आर्थिक समृद्धि गर्छौ भन्दै भोटको राजनिती गर्दै आइ रहेको बेला युवा समाजसेवी नेपालीले अब जनतका लागि बिकास गर्ने भन्दा पनि जनताद्वारा र जनताको प्रत्यक्ष सहभागितामा जनता स्वयम् आफैले बिकास गर्नु पाउने बाताबरण बनाउनु पर्ने बताएका हुन् ।
स्वतन्त्र उम्मेदवार भिम नेपालिले सार्वजनिक गर्नु भएको १८बुदे प्रतिबद्धता पत्रमा आफू निर्बाचित भयमा समाजमा रहेको सामाजिक विभेद र छुवाछुत प्रथा अन्त्यका लागि अभियान शुरु गर्ने , बिकास निर्माणमा सिमान्तकृत जनता र दलित तथा महिलाको सकृय र समानुपातिक सहभागिता सुनिश्चित गर्ने, कृषिको ब्यवसायिककरण र उत्पादकत्व वृद्धिका लागि सहकारीकरण र सामुहिकिकरणमा जोड दिने , सार्वजनिक शिक्षाको सुदृढीकरणका गर्ने , न्यून आय भयका जनताका लागि दैनिक उपभोग्य बस्तुहरुको सहज उपलब्धताका लागि उपभोक्ता सहकारी पसल सन्चालनमा ल्याउने र सानातथा स्वोरोजगार उध्धमद्वारा रोजगारी सिर्जना गर्दै भ्रस्टाचार प्रती शून्य सहनशिलता अबलम्बन गर्ने उल्लेख गर्नु भएको छ। यस्तै घोषणापत्रमा पुर्ब वार्ड अध्यक्ष पदम धामिले अघि सारेका सकारात्मक कामहरुलाइ निरन्तरता दिने कुरा समेत भनिएको छ ।
स्थानीय स्तरमा हुने बिकास निर्माण र सार्वजनिक श्रोतमा पार्टीकरण र चरम राजनितीकरण हुँदै गइरहेको बेला नागरिकहरुलाइ बैकल्पिक राजनिती बिकल्प दिन समेत स्वतन्त्र उम्मेदवारी दिनु परेको कुरा समेत उम्मेदवार नेपालिले जानकारी दिएका छन।
१६१३ मतदाता रहेको पन्चदेवल बिनायकको वार्ड न २ मा महिला सदस्य सितादेवी धामी,दलित महिला सदस्य लक्ष्मी देवि दमाई, चन्द्र बि क र कृष्ण कामिले समेत सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका छन।