कास्कीका MCCविरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारद्वारा घरदैलो अभियान

२०७९ बैशाख २४ गते, शनिबार

काठमाडौं । MCCविरोधी, स्वतन्त्र र जनपक्षीय उम्मेदवारहरुले कास्कीमा आफ्नो घरदैलो र चुनावी अभियानलाई तीब्र बनाएका छन । पोखरा महानगरपालिका का प्रमुखका उम्मेदवार किशान सिंह गुरुङ, उप- प्रमुख का उम्मेदवार सोममाया विश्वकर्मा लगाएत विभिन्न वडाका अध्यक्षका उम्मेदवारहरु mcc र बर्तमान संसदीय व्यवस्था को विकृतीको भण्डाफाेर गर्दै जनपक्षीय उम्मेदवार हरुलाई पुतली चिन्हमा मतदान गर्न अपिल गर्दै हिडिरहेका छन् । आफुहरु रास्ट्र र जनताको पक्षमा, रास्ट्रघात र जनघातको विरुद्धमा उभिएकाले जनताले जनपक्षीय उम्मेदवारहरुलाई साथ दिनेमा आफू विश्वस्त रहेको महानगर प्रमुखका उम्मेदवार किशान सिंह गुरुङले बतए । कास्कीमा पनि mcc विरोधी, जनपक्षीय र स्वतन्त्र उम्मेदवारहरुलाई नेपाल कम्युनिस्ट पार्टी कास्कीले समर्थन गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]