‘ धर्मेन्द्र र हेमन्तले अनैतिक पाखण्डिपना देखाए ‘

२०७९ बैशाख २४ गते, शनिबार

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय कार्यालय सचिव असल खड्काले नेकपा सचिवालय सदस्यबाट कारबाहीमा परेका धर्मेन्द्र बास्तोला र हेमन्त ओलीले सामान्य नैतिकता पनि नदेखाई पाखण्डिपना देखाएको बताएका छन । उनले भने , “ जसरी धर्मेन्द्र र हेमन्तले पार्टी केन्द्रीय समितिको १२ औं बैठकले गरेको निर्णय विपरित विधि अनुशासन र नियम मिचेर तथानाम मिडियाबाजी गरी कार्यकर्ता माथि भ्रम छर्ने काम गरेका छन् जो आफैमा नेतृत्वलाई ध्वस्त पार्ने चलखेल छ योबाट सबै सच्चा क्रान्तिकारीहरूले सचेत भई निरन्तर क्रान्तिको पक्षमा उभिई नेतृत्वको रक्षा गर्न जरुरी छ ।” थप्दै केन्द्रिय सचिव खड्काले भने चुनाव उपयोग नेकपाको अस्थायी कार्यनीति भएको र पार्टी नेतृत्वले राजनीतिमा बदलिएको राष्ट्रिय ,अन्तराष्ट्रिय परिस्थिति, देशको स्वाधीनतालाई प्रहार गर्ने गरी आएको एमसीसी लगायत अन्य राष्ट्रिय सवाललाई मध्यनजर गर्दै ल्याएको स्थानीय चुनावको कार्यनीति सही रहेको तर धर्मेन्द्र बास्तोला र हेमन्त ओलीले चुनाव बहिस्कार गर्छु भनेर भन्नु आफैमा बैठकको निर्णय विपरित छ ।

नेकपा कञ्चनपुर जिल्लाको आयोजना भएको प्रशिक्षण छलफल कार्यक्रममा बोल्दै धर्मेन्द्र र हेमन्तजि हरू काठमाण्डौका महंगा फ्ल्याट र आलिसान महलमा बस्ने उनीहरू अनि गाउँमा जनता संग जनश्रम गर्दै जनकम्युनको नाममा रहेको घरमा बस्दै आएका महासचिव विप्लवलाई आलिसान महलमा बस्यो भन्नु लज्जास्पद रहेको खड्काले बताए । वर्तमान स्थितिमा क्रान्तिलाई फाइदा हुने कार्यनीति हामी उपयोग गर्दै छौ यो विषयमा कोई अवसरवादी, अराजकतावादी महत्वाकांक्षी बोकेका धर्मेन्द्र सुदर्शनको भ्रममा पर्नु जरुरी छैन पार्टी एकढिक्का भएर निरन्तर क्रान्तिको मोर्चामा अगाडि बढिरहेको छ बढ्छ तर यो या त्यो बहानामा क्रान्तिबाट भाग्ने छुट कसैलाई छैन हुँदैन बाटो बिराएका साथीहरु गल्तीलाई स्वीकार्दै आत्मालोचित भएर आए एकीकृत जनक्रान्तिको यात्रामा स्वागत गर्न सकिने छ अन्यथा नैतिखिनहरु लाई नेकपामा ठाउँ नभएको नेकपा कार्यलय सचिव खड्काको भनाइ छ ।
हरेक नयाँ प्रयोगले एउटा अनुभव सहित अगाडि बढाउँछ नेकपाले पनि यो चुनावी उपयोगलाई रणनीतिको लक्ष्य र उद्देश्यलाई पूरा गर्नमा सहयोग गर्छ यही उद्देश्यले पार्टीले स्थानीय चुनावमा भाग लिएको सचिव असल खड्काले दाबी गर्दै उनले भने, “ अब जनसम्बन्धलाई सुदृढीकरण गरी जनमतलाई क्रान्तिको मोर्चामा आवद्ध गराउने ,जन श्रम र उत्पादनलाई विशेष जोड दिने, अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने , पार्टी भित्रको आर्थिक नीतिलाई पारदर्शी बनाउने ,जनसेवकलाई व्यवस्थित तरिकाले संगठित गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने ,स्थानीय चुनावमा जनपक्षीय, mcc विरोधी स्वतन्त्र उम्मेदवारलाई सहियोग गर्ने र पार्टी फुटको भ्रमबाट मुक्त भई निरन्तर वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्स गर्न निर्देशन पनि गरेका थिए ।” नेकपा कञ्चनपुर जिल्ला समिति सदस्य तथा जबस् का प्रतिनिधिको सहभागीता भएको उक्त प्रशिक्षण कार्यक्रमको पार्टी सेक्रेटरी प्रकाश मल्लले समापन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]