‘कथित धर्मेन्द्र,सुदर्शन समूहमा कुनै संलग्नता छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक खेलकुद महासंघ रुपन्देही अध्यक्ष तथा युवा संगठन नेपालका रुपन्देही जिल्ला सदस्य रामबहादुर थारुले कथित नेकपा (बहुमत)को नाममा २०७९ जेठ ७ गते रुपन्देही सियारी गाउँपालिका वडा न. १ मा आफ्नो नाम जोडेर वडा कमिटी पुनर्गठन गरेको सामाजिक सञ्जालमा भ्रामक समाचार प्रचार गरेको र उक्त भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।“पार्टीबाट पदमुक्त भएका धर्मेन्द्र,सुदर्शन समूहले कथित नेकपा (बहुमत)को नाममा रूपन्देहीको सियारी गाउँपालिका वडा न.१ मा मेरो संयोजकत्वमा पार्टीको वडा कमिटी पुनर्गठन गरेको भनि सामाजिक सन्जालमा आएको भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीमा राजनीतिक विचलन, सांगठनिक तथा सांस्कृतिक अराजकतामा कारबाही परेका केही समूहसित सामान्य भेटघाट भएको तर कुनै राजनीतिक छलफल नभएको जानकारी गराउँदछु । पार्टीबाट पलायन भएका कथित धर्मेन्द्र,सुदर्शन समूहमा मेरो कुनै संलग्नता नभएको र नहुन सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु । म पार्टी नीति र एकीकृत जनक्रान्तिको पक्षमा प्रतिबद्व रहेको जानकारी गराउँदछु ।”
