नेकपा रुपन्देहीद्वारा सन्तोष , इन्दु र पारसलाई कारबाही !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तीन जिल्ला सदस्यहरु सन्तोष सुवेदी, इन्दु वली र पारस राहादी मगरले पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेको भन्दै पार्टी मोर्चाको जिम्मेवारीमा नरहेको जानकारी गराएको छ । जिल्ला सेक्रेटरी विश्वाशले विज्ञप्ति जारी गर्दै सन्तोष सुवेदी, इन्दु वली र पारस राहादीमा गम्भीर राजनीतिक एवं वैचारिक विचलन देखापरेको, पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेकोले पार्टी एवं जवस मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको सबैमा जानकारी गराएका छन् ।
साथै जिल्लामा पार्टी नीति विपरीत गरिएका कुनै पनि क्रियाकलापको भ्रममा नपर्न सम्पूर्णमा अपिल गरिएको छ ।
