प्रधानमन्त्री देउवाद्वारा अमेरिका भ्रमणको तयारी

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउदो असारमा अमेरिको उम्मस्तरिय भ्रमण गर्ने तयारी थालेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असारको अन्त्यतिर हुनेछ । विषेशत नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा दुवै पक्षको सहमतिअनुसार देउवाको भ्रमण हुन लागेको हो । प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप प्रधानसेनापति प्रभुराम शर्मा असारको पहिलो सातामै अमेरिका जानेछन् । देउवा नेतृत्वको सरकारले आगामी प्रदेश र संघको निर्वाचन पनि चाँडै गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भ्रमण छिटै हुन लागेको वालुवाटार स्रोतले जनाएको छ ।
नेपाल र अमेरिकाबीचको कुटनीतिक इतिहाँसमा राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा), राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यस्तै नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा देउवाले २०५९ अमेरिकाको औपचारिक भ्रमण गरेका थिए  ।

प्रतिक्रियाहरु

[anycomment]