‘ नवपलायनवाद र नवविसर्जनवाद विरुद्ध कठोर संघर्ष जरुरी’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीले २१ औं सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा सांस्कृतिक पलायनवाद र नवविसर्जनवादविरुद्ध माक्र्सवादी सिर्जना विमर्श कार्यक्रम मा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कवि कृष्णसेन इच्छुक विचारप्रति दृढ रहेर दुस्मनसँग आफ्नो गोपनियता भंग नगरेर सर्वहारा वर्गको निम्ति जीवनको बलिदान गरेको बताए । उनले सांस्कृतिक क्षेत्रमा देखिएको नवपलायनवाद र नवविसर्जनवाद विरुद्ध कठोर संघर्ष जरुरी भएको भन्दै एकीकृत जनक्रान्तिमा कृष्णसेन जस्तो जुझारु पत्रकार र क्रान्तिकारी स्रष्टाको खाँचो रहेको पनि बताए । विचार क्रान्ति व्यक्तिगत जीवनभन्दा माथि र फरक रहेको भन्दै हामीले पनि व्यक्तिगत जीवनभन्दा माथि उठेर कृष्णसेन इच्छुकले देखाएको बाटोमा अपुरो क्रान्तिलाई पूरा गर्ने सपना लक्ष्यसहित एकीकृत जनक्रान्तिको यात्रामा लामवद्ध हुनुपर्ने बताए ।देवदह नगर इन्चार्ज हिमालले कृष्ण सेन इच्छुक समाजवादी यथार्थवाद तथा प्रगतिवादी धारका सशक्त कवि एवं पत्रकार रहेको बताए । उनले महान उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले आफुलाई समर्पित र बलिदान गर्ने उदाहरणका रुपमा कृष्ण सेन रहेको बताउँदै उहाँले देखाएको बाटोमा निरन्तर लाग्ने बताए ।सैनामैना नगर इन्चार्ज नविनले नेकपा कृष्णसेन इच्छुकले देखाएको बाटो अगाडी बढिरहेको बताउदै २१ औं सांस्कृतिक बलिदान दिवस मनाउनुको अर्थ यसैमा रहेको बताए । उनले इच्छुक पद, पैसा, प्रतिष्ठाको लागि नभएर सिंगो देश परिवर्तनको लागि कलमको सेना रहेको र कलम चलाएकै आधारमा उहाँले आफ्नो जीवन बलिदान गर्नुपरेको बताए । उनले इच्छुक जस्तो बन्न नसकेपनि उहाँले देखाएको बाटो पछ्याउने बताए ।नेकपा बुटवल नगर इन्चार्ज बिरेन्द्र बिकले इच्छुकले नेपाली क्रान्ति र नेपाल परिवर्तनका लागि देखाएको बाटोमा वैज्ञानिक समाजवाद नआएसम्म निरन्तर लाग्ने बताए ।
अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य विष्णु बहादुर राउतले कृष्ण सेनले निरंकुश शासनका विरुद्ध कलम मार्फत् लड्दै गर्दा आफ्नो बलिदान दिएको बताए । उनले सेनका अधुरा सपना र उहाँले देखाएको बाटो लाग्ने बताए । कार्यक्रममा कृष्ण सेन इच्छुकका कविता र अन्य १० वटा कविताहरु वाचन र गीत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बिरेन्द्र बिक, विष्णु बहादुर राउत, प्रविण न्यौपाने, बिहानी मगर, निशा बुढा मगर लगायतले कविता, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कृष्ण सेन इच्छुकको फोटोमा अविर तथा माल्यार्पण गरिएको थियो । कार्यक्रम अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देही अध्यक्ष बिहानी मगरको अध्यक्षता र अखिल नेपाल जनकलाकार संघ रुपन्देही संयोजक रेश्मी मगरको सन्चालमा भएको थियो । हरेक बर्ष रुपन्देहीमा महासंघले इच्छुकको सम्मान र सम्झनामा कार्यक्रम गर्दै आएको छ । – विहानी मगर