नेकपाको नाममा उद्योगी, व्यवसायीलाई नधम्क्याउन चेतावनी

२०७९ जेष्ठ १८ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले नेकपाको नाममा उद्योगी, व्यवसायीहरुलाई धम्क्याउने आर्थिक गिरोहहरुलाई कडा चेतावनी दिएको छ। जिल्ला सेक्रेटरी वाटरले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अनियमित ढंगले दिनानुदिन भएको मूल्य वृद्धि लगायतको समसामयिक समस्याको विषयमा पार्टी संघर्षरत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। आर्थिक सहयोग (चन्दा)को लागि नेकपाको नाममा धम्क्याएको सूचना सम्बन्धित उद्योगी, व्यवसायीबाट आए पछि नेकपा मकवानपुरले उक्त विज्ञप्ति निकालेको हो। विज्ञप्ति मार्फत आर्थिक गिरोहहरुको उक्त गतिविधि नरोके कार्वाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ। साथै आगमी दिनहरुमा पनि सहयोगी उद्योग, व्यापारी, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारी र व्यवसायीहरु सचेत रहि नेकपाको नाममा कसैको धम्की आएमा पुलिस प्रशासन र पार्टी कार्यलयमा जानकारी गराउनुहुन अनुरोध गरेको छ।
त्यस्तै हालै सम्पन्न भएको स्थानिय तहको चुनाव महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। मतगणना सक्दा नसक्दै दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको कारण जनमानसमा सरकारप्रतिको विश्वास टुटेको बताएको छ। साथै कालाबजारी, महंगी, भ्रष्टाचारी, हत्या, हिंसा, बलत्कार र एमसिसी विरुद्द नेपाल कम्युनिस्ट पार्टी सधैं संघर्षमा रहेको बताउँदै विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रियाहरु

[anycomment]