किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउनुका साथै दीर्घकालीन समाधानको लागि अहिले नै बजेटमा ब्यवस्था गरि कृषि मल उद्योग स्थापना गर्न जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका अध्यक्ष ओमप्रकाश पुनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष पुनद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘किसानले भोग्नु परेको मल बिउको समस्यालाई लिएर संघर्षको पहिलो सुरवातीको रुपमा यहीँ जेठ २५ गते देशव्यापी सदरमुकाम र राजमार्गमा हलो जुवासहितका कृषि औजारहरु लिएर किसानहरूले बिरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ । अन्य पार्टी निकट किसान संघ-संगठनसंग पनि सहकार्य गरेर संयुक्त किसान आन्दोलन उठाउने पहलसहित अहिले एकल रुपमा किसानलाई तुरुन्त मल उपलब्ध गर, रासायनिक मलमा भैरहेको महंगी र कालोबजारी अन्त्य गर भन्ने नारा सहित गर्न लागिएको जेठ २५ गतेको किसान बिरोध प्रदर्शनमा सम्पूर्ण किसान तथा न्यायप्रेमी जनसमुदायको सक्रिय उपस्थितिको लागि संघको तर्फबाट हार्दिक अपिल गर्दैछौं ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष ओमप्रकाश पुनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘ अहिले नेपाली किसान बर्षे बाली, त्यसमा पनि मुलतः धान खेती गर्ने चटारोमा छन् । किसानको खेतमा कतै धान रोप्ने त कतै बिउ राख्ने काम सुरु भएको छ । यस्तो कामको मचामच भएको बेला किसान आफ्नो खेतबारीमा हुनुको सट्टा रासायनिक मलको खोजीमा मल गोदाम र कृषि सामाग्री संस्थानहरुमा लाइन लागिरहेका छन् । राजनीतिक पहुच, कर्मचारी र दलालरकालोबजारियाको मिलेमतोमा कृतिम अभाव सृजना गरि मलमा तस्करी र महंगी बढाएको छ । प्रत्येक बर्ष खेती लगाउने बेला कृषि मलको उद्योग खोल्ने र बिदेशबाट पनि आयात सहज गर्ने चर्चा चल्छ तर राज्यले त्यसमा कुनै तदारुकता देखाउदैन । उल्टो खेती सिजनको बेला दलालहरुका बिच कमिशनको खेल चल्छ र किसानलाई महंगी र अभावको मारमा पारिन्छ । नेपालको कुल खेतीयोग्य जमिनको हिसाब गर्ने हो भने एक सिजनमा ११ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । अहिले नै खेति भैरहेको जमिनको लागि करिब ७ लाख मेट्रिक टन मल चाहिन्छ तर हाल सरकारले १ लाख ५० हजर मेट्रिक टन मल खरिद गर्न खोजेको छ र त्यो पनि ल्याइसकेको छैन । मल आयात गर्दा सरकारले समयमै संबंधित सरकार ९न् तय न्० संग सिधै सम्पर्क गरेर ल्याउनुको सट्टा बिचौलिया मार्फत व्यापारिक संबन्ध राखि ल्याउन खोज्नु गलत छ र अहिले को समस्या पनि त्यहीँ हो । त्यसकारण सरकारसंग हाम्रो संगठन अखिल नेपाल किसान महासंघ ९ क्रान्तिकारी ० को तर्फबाट पहिलो, तत्काल जसरी हुन्छ, किसानलाई रासायनिक मलको उपलब्ध गर र दोश्रो, दीर्घकालीन समाधानको लागि अहिले नै बजेटमा ब्यवस्था गरि कृषि मल उद्योग स्थापना गर भन्ने माग जोडदार रुपले गर्दैछौं । साथै यसै सिलसिलामा किसानले भोग्नु परेको मल बिउको समस्यालाई लिएर संघर्षको पहिलो सुरवातीको रुपमा यहीँ जेठ २५ गते देशव्यापी सदरमुकाम र राजमार्गमा हलो जुवा सहितका कृषि औजारहरु लिएर किसानहरूले बिरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिएको छ । अन्य पार्टी निकट किसान संघ(संगठन संग पनि सहकार्य गरेर संयुक्त किसान आन्दोलन उठाउने पहलसहित अहिले एकल रुपमा किसानलाई तुरुन्त मल उपलब्ध गर, रासायनिक मलमा भैरहेको महंगी र कालोबजारी अन्त्य गर भन्ने नारा सहित गर्न लागिएको जेठ २५ गतेको किसान बिरोध प्रदर्शनमा सम्पूर्ण किसान तथा न्यायप्रेमी जनसमुदायको सक्रिय उपस्थितिको लागि संघको तर्फबाट हार्दिक अपिल गर्दैछौं ।’
