नेकपा दाङद्वारा संघर्षको उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङको विस्तारित बैठक सम्पन्न भएको छ। मंगलबार तुलसीपुरमा भएको विस्तारित बैठकले केन्द्रीय समितीद्वारा घोषणा गरिएका संघर्षका कार्यक्रमलाई जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले जेठ २५ गते किसानहरूलाई तत्काल मल,बिउको सहज आपूर्तिका लागि जिल्लाका मुख्य शहर देउखुरी,घोराही र तुलसीपुर क्षेत्रमा कोणसभा गर्ने,जेठ २७ गते वैदेशिक हस्तक्षेपको विरुद्धमा लमहिमा प्रदर्शन सहित कोणसभा गर्ने,जेठ ३० गते एमसिसी विरुद्ध प्रदर्शन सहित सभा गर्ने,असार २ गते राजबन्दी रिहाईको माग गर्दै घोराहीमा भव्य मसाल जुलुस प्रदर्शन गर्ने र असार ५ गते महंगी र मुल्यवृद्धीको विरोधमा देउखुरी,घोराही र तुलसीपुरमा बिरोध प्रदर्शन सहित कोणसभा गर्ने लगाएतका संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले नेकपा(बहुमत)ले बनाएको एकीकृत जनयुद्धको कार्यदिशा मान्छे तर्साएर केही पैसा उठाएर खानको लागि वनाएको बताउनुभयो। उनले भने – ‘ उहाहरुले बनाएको डकुमेन्टमा केही छैन। एकीकृत जनक्रान्तीको एकीकृत शब्दमा जनयुद्ध थपेर केही मान्छे तर्साएर पैसा उठाएर खाने इच्छा मात्रै हो।’
नेता शितलले सुदर्शन-धर्मेन्द्रले साचिक्कै क्रान्तीका लागि पार्टी फुटाएको नभइ आर्थिक,सांगठनिक अराजकताबाट बच्न पार्टी फुटाएको ठोकुवा गर्नुभएको थियो। उहाले दर्शन,सिद्धान्त र बिचारमा केहीपनि मतभिन्नता नभएको भन्दै तत्कालिन चुनाव उपयोगको कार्यक्रमलाई बहाना बनाएर सुदर्शन-धर्मेन्द्र समुहले एक हप्ता नबित्दै झोला बोकेर हिडेको समेत बताए ।
नेता शितलले भुलवस र भ्रमवस बहुमत समुहमा लागेका सबै नेता-कार्यकर्तालाई गल्ती सच्याएर आत्मालोचित हुँदै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तीको यात्रामा लामबद्ध हुन अपिल समेत गरे ।
विस्तारित बैठकमा नेकपा बिशेष कमिटीका सेक्रेटरी सुन्दर,बिशेष कमिटीका सदस्य द्वय सम्झना र बिक्रम,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली,नेकपा रोल्पा जिल्ला सदस्य सन्दिपको आतिथ्यता रहेको थियो।
विस्तारित बैठकको अध्यक्षता एवम संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।