नेकपा नारायणी र जनकपुर ब्युरोको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण सम्पन्न

२०७९ जेष्ठ २५ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नारायणी र जनकपुर व्युरोको संयुक्त वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौंडामा भएको हो। मंगलबार रोयल प्यालेस हेटौंडामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि पार्टीका महासचिव विप्लव रहेका थिए।
नारायणी र जनकपुर व्युरोका विभिन्न जिल्लाबाट उपस्थित भएका नेतृत्व पंक्तिलाई महासचिवले पार्टीको १३ औं पूर्ण बैठकले पारित गरेको निर्णयसँग सम्बन्धित समसामयिक तथा राजनीतिक विषयमा प्रशिक्षित गरेका हुन्। एकीकृत जनक्रान्ती भनेको नयाँ पिँढिको जीवन भएको बताउँदै आशा र भरोसाका साथ अघि बढ्न र बढाउन आग्रह गरेका छन्। त्यस्तै नेपालको सन्दर्भमा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने कार्यमा पार्टी कटिबद्ध भएको हुँदा कुनै शंका आशंकाको भरमा क्रान्तिबाट विचलित नहुन सबैमा प्रशिक्षित गरेका छन् र विचलित भएकाहरुलाई सक्दो फर्काएर सँगै लगेर जाने कुरामा विचार पुर्‍याउन समेत सुझाव दिएका छन् ।
कार्यक्रममा आठौं केन्द्रिय समितिको १३ औं पूर्ण बैठकले पारित गरेको परिपत्र वाचन पनि भएको थियो। कार्यक्रमको बिचमै अन्य विभिन्न पार्टीको जिम्मेवार पदमा रहेर काम गरिरहेका जिम्मेवार व्यक्तित्वहरु ध्रुवीकृत समेत भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार