‘मल बिउमा भएको कालोबजारी नियन्त्रण गर ‘

काठमाडौँ । नेकपा निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) जिल्ला समिती उदयपुरले खाद मल अभावका विरुद्ध बिरोध प्रदर्शन गरेको छ। उक्त बिरोध प्रदर्शन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको कार्यालय त्रि.न.पा ११को शान्तिनगर टोल बाट नेताकार्यकर्ता र किसानहरु डोकोनाम्लो, हलोजुवा,हसिया ,कोदालो पेले कार्ड बोकेर किसानको हकमा किसानहरुलाई तुरुन्तै मल, बिउ उपलब्ध गर!
मलमा भएको कालो बजारी नियन्त्रण गर!
बढ्दो मंहगि नियन्त्रण गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेको थियो।
उक्त कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी )का पुर्ब उपाअध्यक्ष तथा त्रियुगा नगरपालिका ईन्चार्ज मीन प्रसाद पोख्रेलले नेपाल ‘ कृषि प्रदान देश “भएता पनि खेति गर्ने बेलामा बर्सेनि किसानलाई मल,बीउ,कृषि औजार अभाव भएको र बजारमा गुणस्तरहीन मल महंगो मुल्यमा बेचेर मलको कालोबजारी भइरहेको बताउँदै मलमा भइरहेको कालोबजारी नियन्त्रण गर्न र मल,बिउ ,कृषि औजार सहज र शुलभ मुल्य मा व्यवस्थापन गर्नराज्यलाई ध्यानाकर्षण समेत गरे।
त्यस्तै राज्यले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरिएको मुल्यवृद्धिले जनताको जनजीवन कष्टकर भइरहेको भन्दै दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे। सरकारले मुल्यवृद्धि र कालोबजारी नियन्त्रण नगरे आफ्नो पार्टी संघर्षमा उत्रने उनको भनाई थियो। – अनिता गजमेर