‘कृषिमा आधारित औद्योगिकीकरण विना समृद्धि आउँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एबम् अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय संयोजक ओमप्रकाश पुन निर्माण´ ले कृषिजन्य कच्चा पदार्थलाई प्रशोधन गर्दै औद्योगिकीकरण गर्ने आर्थिक अवधारणा विना मुलुकमा समृद्धि आउन नसक्ने बताएका छन् । किसानहरुलाई खेतीपाती गरेर कृषि उत्पादन गर्ने बेला मल र बिउको अभाव भएको र महङ्गी आकाशिदै गएको भन्दै देशव्यापी विरोध तथा प्रदर्शन आयोजना भैरहेको बेला बुधबार काठमाडौँको शान्तिबाटिकामा महासंघद्वारा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् । असारको बेला खेतीपाती गर्न खेतबारीमा काम गर्न जानेबेला किसानहरु मल र बिउका लागि कारखाना धाउदै आन्दोलन गर्नु परिरहेको छ,जबजब मलको हाहाकार पर्छ तबतब कृषि मलको लागि स्वदेशमा कारखाना खोल्ने चर्चा गरिन्छ, कमिशनका लागि कृतिम अभाव सिर्जना गरेर केही सिमित व्यक्तिलाई पोस्नका लागि राज्यले नै विचौलियाको काम गरिरहेको छ, उनले भने,
नेपाललाई करिब १२ लाख मेट्रिक टन मल आवश्यक पर्छ तर सरकारले जि टु जि मार्फत खरिद गर्ने भनिएको मल पनि डेढ लाख मेट्रिक टन मात्र छ यसले कसरी किसानको समस्या हल हुन्छ।´
अहिलेको सरकारले कृषिका बारेमा जतासुकै हल्लाखल्ला गरे पनि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न भूमि माथिको द्वैत स्वामित्वको अन्त्य, क्रान्तिकारी भुमिसुधारको कार्यान्वयन र राष्ट्रिय पुजी निर्माणको लागि दलाल उत्पादन सम्बन्धको अन्त्य र गर्ने दिशामा कुनै ठोस नीति बन्न नसकिरहेको बेला सरकारले यी समस्यालाई समाधान गर्ने गरि बजेट ल्याउनुको सट्टा चुनावी बजेट ल्याएको भन्दै नेता पुनले आलोचना समेत गरे ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) द्वारा आयोजित प्रदर्शनमा वैदेशिक हस्तक्षेप बन्द गर, नेपालमै कृषि औजार तथा कारखाना खोल, कृषि भूमिको खण्डीकरणको अन्त्य गर , चर्को महङ्गी अन्त्य गर , जस्ता नाराहरु लगाउदै विरोध प्रदर्शन गरिएको थियो ।