अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा दर्जन बढी मजदुर नेता ध्रुवीकृत

२०७९ जेष्ठ २८ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा विभिन्न पार्टी निकट दर्जन बढी मजदुर नेता/कार्यकर्ताहरु ध्रुवीकृत भएका छन् । आज रिपाेर्टस क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरि विभिन्न पार्टी निकट मजदुर संगठन परित्याग गरि १५ जना मजदुर नेता/कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ध्रुवीकृत भएका हुन् ।


नवप्रवेशीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, केन्द्रीय सदस्य अनिल शर्मा विरही, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीलगायतले टीका लगाएर प्रवेश गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]