नेकपा दाङद्वारा ६ जना जिल्ला सदस्यलाई कारबाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले ६ जना जिल्ला सदस्यको सदस्यता खारेज गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको नीति र संगठनको अनुशासन उलंघन गरेका कारण पार्टी जिल्ला सदस्य खेमराज वली,बिरेन्द्र बिक,तुल्सी चौधरी र ७औ जिल्ला बैठकले जिल्ला सदस्यबाट हटाइएका मदन केसि,पार्टी फुटलाई अंगाली सोही समुहमा क्रियाशील दिपक बिष्ट,पार्टी बिशेष कमिटी सदस्य तथा शिक्षक नारायण प्रसाद भण्डारीलाई पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरिएको उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ– ‘केही जिल्ला सदस्य,जवसका कमरेडहरु भुलवस उक्त फुट परस्त गतिविधिमा सहभागी भएको हुँदा थप गतिविधिमा संलग्न नहुनका लागि सचेत गराउदै आत्मालोचित हुन आग्रह गरिन्छ। सोही अनुरुप संलग्न भइरहेमा पार्टी अनुशासन उल्लंघन गरेको ठहरिनेछ।सबै पार्टी कार्यकर्ता पार्टीको संगठनात्मक अनुशासनलाई आत्मसाथ गर्न विशेष अनुरोध गरिन्छ।
साथै स्थानीय चुनावमा पार्टीको नीति र निर्णयका विरुद्धमा गएका केही कमरेडहरु समेत आत्मालोचित हुन आग्रह गरिन्छ।’
बिज्ञप्तिमा गत १२औ केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय चुनावलाई प्रयोग गर्ने सन्दर्भमा एक संघर्षको मोर्चाको रुपमा लैजाने भए अनुसार पार्टी दर्ता नगरी,यो व्यवस्थाको भण्डाफोर गर्ने र एमसिसी बिरोधि जनपक्षीय स्वतन्त्र एवम जनबादी उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएकाले कन्चन-सुदर्शन समुहले यहिलाइ बहाना बनाएर पार्टीबाट एक समूह चोइटाइ नेकपा(बहुमत) गठन गरि विभिन्न तरिकाले एकीकृत जनक्रान्तीको कार्यदिशालाइ लागु गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनालाई बिखण्डीत गर्ने,भ्रमित गर्ने,सोझा जनता र पार्टी कार्यकर्तालाई झुक्याउने खेल भएको छ।तसर्थ यस प्रक्रियामा सबै सजग,सतर्क र भ्रमित नहुन सबै पक्षलाइ अनुरोध समेत गरिएको छ।