कन्चन गुटमा गएका चर्चित युवा नेता नेकपामा फर्किए

२०७९ असार १ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीवाट पलायन भएर नेकपा बहुमतमा गएका नेता नेकपामा फर्किने क्रम बढ्दै गएको छ । यसैक्रममा कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढन नसक्ने भन्दै उदयपुर जिल्ला कमिटी सदस्य श्याम बाहादुर भुजेल नेकपामा फर्किएका छन् । भुजेलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर र गर्भिलो अभियानमा लामबद्ध भएको बताएका छ । ‘विभिन्न खाले साम्राज्यवाद, दलाल पुँजिवादी सामाजिक फासीवादी षडयन्त्र र प्रतिवन्धको कालो राजनीतिक अवस्थालाई पार गरेर १३ जना वीर शहिदहरुको रगत हजारौ गिरप्तार, जेल, नेललाई परास्त गरी ३ वुदे सहमती गरेर हाम्रो जनपृय पार्टी यहाँ सम्म आईपुगेको कुरा सर्वविदितै छ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
‘पछिल्लो समय कन्चन र सुदर्शन गुटले पार्टी र नेतृत्व विरुद्ध विभिन्न गैर राजनितिक भ्रम, आरोप र गुटवाद गर्दै, पार्टीको विरुद्ध लगाउँदै क्रान्तिवाट पलायन भै कथित नेकपा वहुमत पुनर गठन गरेको सन्दर्भमा मलाई विभिन्न खाले प्रलोभन साथै झुक्याएर बोलाई सुनसरी जिल्ला इटहरीको गंगा जमुना होटलमा जेठ ३० गते भएको प्रशिक्षण कार्यक्रममा पुयाइयो ।’ उनले भनेका छन्, ‘त्यहा मैले कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढन नसक्ने र केवल कुण्ठा, इश्या र भ्रमको खेति मात्र रहेको पाएकोले म कन्चन र सदर्शन गुटले लिएको बाटोमा सरिक नरहेको स्पष्ट जानकारी गराउदछु ।’
उनले आफू नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने माहान यात्रामा सदैव प्रतिवद्ध रहि रहेको बताएका छन् । उनले उदयपुर जिल्लामा हुनु हुने अन्य इमानदार क्रान्तिकारी कमरेडहरुलाई कथित बहुमत नामको कन्चन र सुदर्शन गुटमा नलाग्न समेत यसै प्रेस विज्ञाप्ती मार्फत अनुरोध गरेका छन् ।

  • अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु