अमेरिकाद्वारा नेपाल एसपीपीमा सामेल भईसकेको दाबी

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल एसपीपीमा सामेल भईसकेको दाबी गरेको छ। अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको हो । अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको दाबी गरेका हुन् । उनका अनुसार नेपाली सेना र उटाहा नेसनल गार्डबीच साझेदारी कायम भईसकेकाले थप सम्झौताको आवश्यकता पर्दैन् । एसपीपी सैन्य गठबन्धन होइन भन्दै उहाँले नेपालकै अनुरोधलाई अमेरिकाले स्वीकार गरेको र त्यसमा थप सम्झौता गर्नुपर्ने प्रावधान नरहेको दूतावासको भनाइ छ ।
पत्रकार सम्मेलनमा नियोग उपप्रमुख निकलरले एसपीपी मार्फत जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाइने तथा प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागीजस्ता समस्यामा दुई सेनाबीच सहकार्य हुने बताए ।