राजबन्दी रिहाइको पक्षमा र एसपीपी सम्झौताविरुद्ध देशभर मसाल जुलुस प्रदर्शन

२०७९ असार ३ गते, शुक्रबार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले बिहीबार राजबन्दी रिहाईको पक्षमा, SPP सम्झौताको विरुद्धमा पूर्व इलामदेखि महाकालीसम्म नेपाल एक साथ मसालजुलुस सम्पन्न गरेको छ । नेकपाद्वारा घाेषित संघर्षको केन्द्रीय कार्यक्रम अन्तरगत काठमाडौं उपत्यकालागायत देशका बिभिन्न स्थानमा राजबन्दी रिहाइको पक्षमा र एसपीपी सम्झौताको विरुद्धमा बिहीबार साँझ मसाल जुलूस भएको समाचार प्राप्त भएको छ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी ईलामले एसपिपी सम्झौतालगायत सबैखाले रास्ट्रघात बिरुद्ध मशाल जुलुस गरेको छ । ईलामको माई नगरपालिका शुक्रबारे बजारमा सम्पन्न उक्त मशाल जुलुस पछिको कोण सभामा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा ईलाम जिल्ला ईन्चार्ज सुमनसींहले एसपिपीसंगै अमेरिकन सेनाहरु नेपालमा आउन लागेको र यसले देशलाई उपनिवेश बनाउने, युद्धभुमिमा परिणत गर्ने, नेपालि जनतालाई गुलाम बनाउने भएकोले यसलाई प्रतिरोध गरेर लखेट्नु पर्ने समय आएको बताए ।
उनले साम्राज्यवाद आफ्नो अन्तिम चिहान खन्न नेपाल प्रवेश गरेको र साम्राज्यवादलाई खरानी पार्न रास्ट्रीय प्रतिरोध संघर्षको नेतृत्व गर्दै अगाडि बढ्न आफ्नो पार्टी तयार रहेको सिंहले बताए । कोण सभाको संचालन नेकपा ईलामका सचिब मौसमले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बिहिबार साँझ एसपिपी सम्झौतालगायत सबैखाले रास्ट्रघात बिरुद्ध मशाल जुलुस गरेको छ ।
गाईघाट बजारको निलो पुलबाट नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले मसाल बोकेर रास्ट्रघाति mcc खारेज गर,बढ्दो मंहगि नियन्त्रण गर,भ्रष्टाचारिलाई कार्बाहि गर,बन्दिहरु रिहाई गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि मेन चोकमा कोणसभा गरेका थिए।
उक्त कोणसभामा बोल्दै नेकपा उदयपुरका सेक्रेटरी लक्ष्मणले रास्ट्रघाती mcc सम्झौता कुनै पनि हालतमा कार्यनयन गर्न नदिने कुरा बताए।
उनले संसदिय ब्यबस्थामा हत्याहिंसा,बलात्कार,लुटपाट,चोरीपैठारी,महङ्गी,कालो बजारी र मुल्य वृद्धि दिनहुदिन भइरहेकोले नेपालि जनता यसको प्रतिकारमा उत्रिनु पर्ने बताए । सरकारले नेकपा संग गरेको तिन बुदे सहमतिमा एक बुदे मात्रै सहमति कार्यनयन गरेको र अरु दुई बुदे सहमति कार्यनयन सरकारले नगरेको कारण हामिले संकेतिक रूपमा यो कार्यक्रम मात्रै गरेको हो ।
सरकारले यसरि नै ढिलासुस्ती गरेर हाम्रो मागलाई बेवास्था गरेर हाम्रा बन्दि साथीहरू नछाड्ने र झुट्टो मुद्दा खारेज राज्यले नगर्ने हो भनि ईटको जवाफ पथरले दिने राज्यलाई चेतावनी समेत दिएका थिए।
देश अहिले संकट्पुर्ण अवस्थामा रहेकोेले देशलाई बचाउनका लागि देशलाई माया गर्ने रास्ट्रप्रेमि,बुद्धिजीवी ,कर्मचारी,मजदुर ,किसान सबैलाई नेकपाले ल्याएको कार्यक्रमलाई साथ र सहयोग दिनको लागि आह्वान गरेका थिए।
यता , रुपन्देहीको बुटवलस्थित पुल्चोक दुर्गामन्दिरबाट सुरु भएको मसाल जुलूस बजार परिक्रमा गरि गोलपार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कोणसभालाई सम्बोधन गर्दै बाेल्दै नेकपा रूपन्देही १ नम्बर कमाण्ड इन्चार्ज बिरेन्द्र विकले केपी ओली नेतृत्वको सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति यो सरकारले पालना नगरी सहमति भएको एक वर्षसम्म पनि सम्पूर्ण राजबन्दी रिहाई नगरिएको र यो सरकार विरुद्ध अर्को आन्दोलन गर्न बाध्य पार्न खोजेको बताए । उनले अमेरिकी साम्राज्यवादले विभिन्न बाहानामा हस्तक्षेप गरेकाे विषयमा विगतदेखि नै एमसीसी सम्झाैता नेपालकाे राष्ट्रिय स्वाधिनताकाे पक्षमा, नेपाली जनताकाे पक्षमा, नेपालकाे विकास निर्माणकाे पक्षमा नभएकाे र राष्ट्रघाती सम्झाैता भएकाे भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित नेकपाले निरन्तर सङ्घर्षमा लाग्ने बताए । उनले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि रूपमा भएपनि नेताहरु चुपचाप बसेकाे र गरिब जनताहरुले साझा बिहानको चुलो बल्न नसक्ने अवस्थामा भएको उल्लेख गर्दै
बढ्दाे मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने भन्दै यसका विरुद्व नेकपा निरन्तर संघर्ष गर्ने बताए ।
कार्यक्रममा नेकपा रुपन्देही जिल्ला जिल्लाका नेता तथा कार्यकर्तासहितकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले सम्पूर्ण राजबन्दी रिहाईको माग र spp सम्झौता विरुद्ध मसाल जुलूस सम्पन्न गरेको छ । नारा जुलुससहित गजेहडा चोकमा आएर कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी कमल केसीले सरकार एक पछि अर्को राष्ट्रघातमा लागेको र यस्तो हर्कत अब नेपाली जनतालाइ सैह्य नहुने जिकिर गरे । साथै सरकारसँग नेकपाले गरेको ३ बुँदे सम्झौता राज्य पक्षबाट कार्यन्वयन नभएको अझै ७० भन्दा बढी नेता झुट्टा मुद्दाको सामना गर्दै जेल जीवन बिताइरहेकोप्रति आफ्नो पार्टी गम्भीर भएको बताए । साथै अमिरिकी साम्राज्यवादको ठाडो हस्तक्षेपका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निरन्तर लडिरहने उनले चेतावनी दिए । कार्यक्रमको सन्चालन थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुनिल थारुले गरेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले सम्पूर्ण राजबन्दी रिहा गर्न , SPP सम्झौता नगर्न र मूल्यबृद्धिविरुद्धमा मेलम्ची बजारमा मसाल जुलुस सम्पन्न गरेको छ ।
यता, राष्ट्रघाती सम्झौता MCC र SPP सम्झौता विरुद्ध नेकपा मकवानपुरले भव्य रूपमा हेटौंडामा मसाल जुलुस गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको दुई स्थानमा मसाल जुलुस गरेको छ । नेपाली सेना र अमेरिकी सरकारबीच हस्ताक्षर हुन लागेको एसपीपी सम्झौता र एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस गरेको हो । जिल्लाको सत्यवती गाउँपालिका ठूलो लुम्पेक र धुर्कोट गाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेको हो । ठूलो लुम्पेकमा भएको मसाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सुमनले एसपीपी सम्झौता हिन्द प्रशान्त रणनीति अन्तर्गतको सैन्य गठबन्धन भएको भन्दै यसको खारेजी हुनुपर्ने बताएका छन् । उनले एपीपी सम्झौता एमसीसी परियोजनाको निरन्तरता भएको भन्दै यसले देशको सार्वभौमसत्तामाथि गम्भीर हमला गरेको बताए । उनले वैदेशिक हस्तक्षेपको मूल कारण नेपालको दलाल संसदीय व्यवस्था भएको कारण यसका विरुद्ध र साम्राज्यवादका विरुद्ध सँगैसँगै लड्नुपर्ने बताए ।
कोणसभामा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य रुद्र श्रीसले एमसीसी र एसपीपी सम्झौताका दलालहरुलाई गाउँगाउँबाट बहिस्कार गर्नुपर्ने बताए । मसाल जुलुसमा युवाहरुले नाराबाजी गर्दै मसाल बालेका थिए । त्यसैगरी धुर्कोटको बर्बोटमा भएको मसाल जुलुसपछिको कोणसभालाई अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष विनोदले सम्बोधन गरेका थिए । एसपीपी सम्झौता र एमसीसी सम्झौता विरुद्ध नाराबाजी गर्दै किसानलाई समयमै मलबिउ दिनुपर्ने, राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, मूल्यबृद्धि तत्काल अन्त्य गर्नुपर्ने, दलाल संसदीय व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले पार्टीको अमेरिकी साम्राज्यवादी रणनीति एसपीपी संझौताको विरोधमा महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । विरोध जुलुसपछिको कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य प्रकाश जप्रेलले अमेरिकी सेना देशमा भित्र्याउने एसपिपी सम्झौता यथाशीघ्र खारेज गर्नु पर्ने माग गरेका छन अन्यथा यसका विरुद्ध आफ्नो पार्टीले निर्मम संघर्ष पनि उनले बताए । त्यस्तै अर्का वक्ता नेकपा पूर्व जिल्ला सचिव वीरेन्द्र लुहारले mcc सम्झौताको प्रभाव को रुपमा अहिले spp देखिएको छ यो देश र जनताको हितमा छैन यो सम्झौतालाई खारेज गर्नु को विकल्प नरहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]