नेकपा मकवानपुरद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आयोजनामा भएको एम.सी.सी. अन्तर्गतको एस.पी.पी. सम्झौता राष्ट्रघाती किन? विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिद्धार्थ स्कुलको सभाहलमा भएको कार्यक्रममा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाका साथै अन्य बुद्धिजीवी वर्गका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरले एम.सी.सी. र एस.पी.पी. सम्झौता सोह्रै आना राष्ट्रघाती भएको बताए । नेपाली सेनालाई अमेरिकी सेनाको मातहतमा राखि नेपाली भूमिको उच्चतम प्रयोग गर्दै भविष्यमा नेपाललाई युक्रेन जस्तै बनाउने कुचेष्टाका साथ भित्रिएको अमेरिकी साम्राज्यवादी सम्झौता राष्ट्रघाती र जनघाती भएकोले यसको सशक्त प्रतिरोध गर्न सबैलाई आह्वान गरेका छन् । त्यस्तै उनले यस्ताखाले राष्ट्रघाती सम्झौता दलालहरुको मिलेमतोमा पारित गरेता पनि कुनै हालतमा कार्यन्वयन गर्न नदिने चेतावनी दिएका छन् । त्यस्तै अन्य पार्टी र मोर्चाका प्रतिनिधि तथा बुद्धिजीवी वर्गले आफ्ना विचार प्रस्तुत गरेका थिए ।
मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा नगर सेक्रेटरी सुर्य अर्यालको सभाध्यक्षमा भएको कार्यक्रमको सन्चालन जनसत्ता प्रमुख पुष्पले गरेका थिए भने राष्ट्रिय जनसरोकार मन्च मकवानपुरका संयोजक सागर कंडेलले स्वागत मन्तव्य राखेका थिए