नेकपा म्याग्दी नवाैँ महाधिवेशनमा केन्द्रीत हुने

२०७९ असार ११ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको १४ औँ पूर्ण बैठकले जिल्ला सम्मेलन र नवाैँ महाधिवेशन केन्द्रीत हुने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी म्याग्दी, बाग्लुङ र मुस्ताङ इन्चार्ज राजनको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी उषा मगरको अध्यक्षता एवम् सञ्चालनमा बैठक बसेको थियो ।
यसैबीच साेही अवसरमा पार्टी ध्रुवीकरण कार्यक्रम समेत भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कृष्ण प्रसाद शर्मा पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]