संघीयता भालुको कम्पट !

२०७९ असार १३ गते, सोमबार


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता भालुको कम्पट भएको बताए । पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित विचार गोष्ठीमा संघीयता भालुको कम्पट बनेको भन्दै यसको विकल्प नखोजिए मुलुक श्रीलङ्काको अवस्थामा पुग्ने बताए । केसीले संघीयता मुलुकले धान्न नसकेको र धेरै विकृतिहरू सिर्जना भएको भन्दै ठूला दलले यसबारेमा सोच्नुर्पे बताए । यस्तै केसीले ठूला दलले संघीयतालाई उपलब्धि मान्ने तर यसलाई असफल बनाउने दोहोरो खेल खेलेको आरोप लगाए ।

प्रतिक्रियाहरु

[anycomment]