गिरफ्तार नेता-कार्यकर्ता अबिलम्ब रिहा नगरे प्रतिरोध संघर्ष

२०७९ असार २१ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्ना ३जना नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोमा निन्दा एवम भर्त्सना गर्दै अबिलम्ब रिहाई नगरे प्रतिरोध संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । नेकपा कैलालीले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको ऐतिहासिक नवौं महाधिवेशनलाई सफल पार्न र आम श्रमिक जनतालाइ महाधिवेशनको गौरवमय कार्यक्रमसंग जोड्ने उद्देश्य सहित जनभेटघाट तथा छलफलमा बसिरहेको अवस्थामा दलाल सत्ताको शेर बहादुर देउवा गृह प्रशासनद्वारा पुर्वाग्रह तथा षड्यन्त्रमुलक ढंगले युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिक,जिल्ला कमिटी सदस्य जय सिंह सुनार र पवन बिष्टलाई गरिएको गिरफ्तारीको घोर निन्दा एवम भर्त्सना गरेको हो ।
बिज्ञप्तिमा भनिएको छ, ‘यो गिरफ्तारी तिन बुदे सहमती संग जोडिएको विषय हो। गिरफ्तारीले के संकेत गरेको छ भने देउवा सरकार तीन बुदे सहमती र यसको कार्यान्वयनप्रती छैन बरु बाताबरण उत्तेजित वनाउने तथा सहमतिलाई षड्यन्त्रमुलक ढंगले भाड्न खोज्दैछ। अत: हामी के माग गर्न चाहान्छौ भने तिन बुदे सहमतीको भावनालाई सम्मान गर्दै गिरफ्तार कमरेडहरुलाइ अबिलम्ब रिहाई गरियोस अन्यथा गिरफ्तारीको विरुद्धमा योजनाबद्ध ढंगले प्रतिरोध संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’

प्रतिक्रियाहरु

[anycomment]