‘घाइतेको उपचार र मृतकका परिवारजनलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले रामेछापको सुनापति-लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनाका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन । साथै महासचिव विप्लवले दुर्घटनाको कारणबारे सत्यतथ्य छानविन गर्न, घाइतेहरुको तत्काल उपचारको व्यवस्था गर्न र मृतकका परिवारजनहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन ।
