मंसिर २ गते प्रदेश र संघको निर्वाचन !

२०७९ असार २२ गते, बुधबार


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका छन् ।
आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीसँग भने, ‘हामीले मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरौं । हामीले एकै चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरौं ।’
१२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]