जसपावाट डा. बाबुराम भट्टराईसहित ९ जना पदमुक्त

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाहीसँगै पदमुक्त गरेको छ । हिजो वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले पार्टी विभाजनमा लागेको आरोप लगाउँदै डा. भट्टराईसहित ९ जनालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।
पदमुक्त हुनेहरुमा डा. भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । डा. भट्टराई पक्षले भने मंगलबार र बुधबार काठमाडौंमा बैठक बसेर जसपाबाट अलग भइ नयाँ पार्टी गठन गर्ने निर्णय गरिसकेको छ ।