शिक्षक चन्द्र बस्नेत ३१ महिनापछि रिहा

२०७९ असार ३२ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमाथी प्रतिवन्ध लगाएको बेला गिरफ्तार भइ जेलमा रहेका निकुवाखोला गाउपालिका वडा नं. २ ताप्लेजुङ निवासी शिक्षक चन्द्रबहादुर वस्नेत शुक्रवार रिहा भएका छन। २०७६साल पुषमा आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरि हातहतियार तथा बिस्फोटक मुद्दामा जिल्ला अदालत ताप्लेजुङले ६ बर्ष कैद सुनाएपछि जेलमा रहेका बस्नेतलाई विहिबार उच्च अदालत इलामले रिहा गर्न आदेश दिएको हो।
नेपाल कम्युनिस्ट पार्टीले भ्रस्टाचार र रास्ट्राघात विरुद्ध जनसंघर्स अगाडि बढाई रहेको बेला चर्चित एनसेल प्रकरणविरुद्ध ललितपुरको एक टावरमाथी भएको बिस्फोटपछि तत्कालिन ओली नेतृत्वको सरकारले नेकपामाथी २०७५ फाल्गुन २८ गते प्रतिबन्ध लगाएको थियोे । राजनीतिक दलमाथी प्रतिवन्ध लगाउन मिल्ने कानुनी र संबैधानिक प्रावधान नभएपछि र प्रतिबन्धको चौतर्फी बिरोध भयो तर सरकारले नेकपामाथी प्रतिबन्ध नलागाएको तर उसका गतिविधि माथी मात्रै कानुनी कार्वाही गर्ने निर्णय गरेको स्पस्टिकरण दिएको थियो। प्रतिबन्धको क्रममा १२ जनाले ज्यान गुमाएका थिए भने नेकपाका सयौ नेताकार्यकर्ताहरुलाई विभिन्न मुद्दाहरु लगाउने र अनुसन्धानको नाममा महिनौ हिरासत राख्ने गरिएको थियो। झन्डै ३१ महिनापछि रिहा भएका बस्नेतलाई नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले पार्टी कार्यालयमा स्वागत गरेको छ भने बस्नेतको मुद्दामा अधिवक्ता कृष्ण श्रेष्ठले बहस गरेको कुरा ताप्लेजुङ स्थिति नेकपा सेक्रेटरी असल पन्दाक लिम्बुले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]