नेकपा ओखलढुंगाद्वारा रास्ट्रघात र जनघातबिरुद्ध निरन्तर संघर्ष गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाले राष्ट्रघात र जनघातबिरुद्ध निरन्तर संघर्ष गर्ने बताएको छ । नेकपा ओखलढुंगाका सेक्रेटरी दिनेशको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा ,उदयपुर जिल्लाको जिल्ला ईन्चार्ज विबेकको प्रमुख आतिथ्यतमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
महान सहिदहरुप्रति श्रद्धाञ्जली बेपत्ता र घाइतेयोद्धा हरुको क्रमश स्मरण र सम्मान गर्दै सुरुभएको बैठकमा उपस्तिथि सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले जिल्लामा भएको कामको बारेमा रिपोर्टिङ राखेका थिए। उनीहरुले बाह्रौ केन्द्रीय समितिको बैठकले लिएको निर्णय जिल्लामा लागू गरि केहि ठाउँमा चुनावमा भाग लिएको र आफुले चुनाव जित्ने मौका हुदाहुदै पनि रातारात सामाजिक दलाल संसदबादका भरौटेहरुले जनतालाई पैसामा किने धाक-धम्की दिए विभिन्न प्रकारका प्रलोभनमा फसाएर पनि हामीले आफ्नो पार्टीको बिचारलाई जनता सामु पुराएर कुनै लोभ लालच नदेखाईकन पनि सन्तोषजनक मत ल्याएको कुरा बताएका थिए।
त्यसैगरी , उनीहरुले आगामी दिनमा जिल्लालाई मजबुत बनाएर अझै पार्टी को थप योजनाहरुलाई द्र्ढताको साथ अगाडि बढ्ने प्रतिबद्धता रहेको कुरा बताएका छ्न।
त्यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा ,उदयपुर जिल्ला इन्चार्ज विवेकले बैठकमा बोल्दै अहिले नेपालमा दलाल संसदवादी दलहरुका कारणले राष्ट्र खतरामा रहेको बताए। उनले नेपालमा यो दलाल पुजीवादी संसदीय व्यवस्था रहेसम्म जनताको जनजीवनमा परिवर्तन नआउने भएकोले आफु र आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि निरन्तर अगाडि बढिरहेको बताउदै उनले पार्टीको ९औं महाधिवेशनलाई सफल पार्नको लागि सबै नेताकार्यकर्तालाई आ आफ्नो वडा,गाउँ र नगर कमिटी सम्मेलन सम्पन्न गर्न निरन्तर लाग्नको लागि निर्देशन गर्दै पार्टी फुटबादिहरुले जनतामा भ्रम सिर्जना गरि पार्टीलाई बदनाम बनाउन लागेका कथित बहुमत भनाउदाहरुको लागि आफुहरु त्यसको भन्डाफोर गरि अगाडि बढ्नुपर्ने बताए ।
अमेरिकी साम्राज्यवादले नेपाल लाई नाङ्गो हास्तक्षेप गर्दा पनि सेर बहादुर देउवा नेतृत्वको दलाल सरकार लाचार भएर बसेकोमा कडा आपत्ति गर्दै अब नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पुर्ण नेपाली जनता अमेरिकी साम्राज्यवादको विरुद्धमा सडकमा उत्रिनु को विकल्प नरहेको बताए।
नेपाल कम्युनिस्ट पार्टीको ९औं राष्ट्रिय महाधिवेशन सफल पार्नको लागि आगामी दिनमा बैठकले लिएको निर्णय यस प्रकार छ:-
१. साउन महिना भित्र पार्टी सदस्यता नवीकरण र वडा सम्मेलनहरु गर्ने।
२. भदौ महिनाको १२ गते सम्म गाउँ कमिटी र नगर कमीका सम्मेलनहरु गरिसक्ने।
३. भदौ महिनाको १७-१८ गते नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको तेस्रो जिल्ला सम्मेलन सदरमुकाम ओखलढुंगामा सम्पन्न गर्ने।
४. वडा,गाउँ,नगर, जिल्ला कमिटीका सम्मेलन र ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नाको लागि जिल्लामा ब्यापक प्रचार-प्रसार गर्ने।भित्ते लेखन, पार्चा बितरण,पोस्टरिङ आदि प्रचारात्मक कामहरु गर्ने।
५. जिल्लाका विभिन्न निकाएमा भएका भ्रष्टाचार,जातीय छुवाछूत,सामाजिक विभेद,महिला हिंसा,रास्ट्रघात र जनघातका विषयमा निरन्तर संघर्ष गर्ने।
६. वडा देखि ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नाको लागि सम्पुर्ण रास्ट्रबादी,प्रगतिशील महानुभाबहरुलाई आर्थिक,भौतिक र नैतिक सहयोगका लागि हार्दिक आहावान गर्ने।
-अनिता गजमेर