एमालेलगायत अन्य विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश

२०७९ श्रावण ८ गते, आईतवार


काठमाडौं । एमालेलगायत अन्य विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता- कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपानिकट जनगर्णतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समितिद्वारा शनिबार भक्तपुरमा आयोजित ध्रुविकरण कार्यक्रममा नेता- कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगरको अध्यक्षता भएको उक्त ध्रुवीकृत कार्यक्रममा नेकपाका केन्द्रित सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि भरत बम (रणवीर) ले क्रान्ति र कम्युनिष्टको विश्वासिलो केन्द्र भनेको नेकपामात्रै रहेको बताए । उनले भने – “अहिलेको संसदीय सत्तालाई पल्टाउन सम्पूर्ण परिबर्तनगामी युवाहरूको मुख्य भूमिका हुनेछ , समाजवादी क्रान्तिको मोर्चामा एकत्रित भई वैज्ञानिक समाजवाद स्थापनाको लागि लड्न चाहने युवा रु नेकपामा ध्रुवीकृत भइरहेका छन । ‘ उनले थपे – “नेपालमा समाजबादी क्रान्ति ,बास्तविक जनताले खोजेको परिबर्तन र त्यसको एजेण्डा हरुलाई अगाडि बढाउनका साथै साच्चिकै जनताले चाहेको श्रमिकवर्गको व्यवस्था स्थपना गर्ने पार्टी भनेको नेकपा नै हो । ‘
देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने जिम्मा काधमा बोकेर आउने नवआगन्तुकहरुलाइ बमले स्वागत तथा शुभकामनासमेत दिएका थिए ।
उक्त कार्यक्रममा नेकापका केन्द्रीय सदस्यहरु चिरन पुन ( मिलन) र आधारलगायतका नेता कार्य कर्ताहरुको उपस्थिति रहेको थियो । – पुष्पा साउद

प्रतिक्रियाहरु

[anycomment]