मजदुरलाई संघर्षमा उत्रन आग्रह

२०७९ श्रावण ११ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चिरण पुनले मजदुरहरुलाई संघर्षमा उत्रन आग्रह गरेका छन। नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी सेक्युरिटी मजदुर संघको विशेष भेलालाई सम्बोधन गर्दै नेता पुनले सो आग्रह गरेका हुन्। उनले माओले जसरी आफ्नो घोषणा पत्रमै मजदुर बर्गको हक अधिकार सुनिस्चित गर्नकालागी मजदुरहरुनै संघर्षमा उत्रनु पर्छ भन्दै पार्टीको आधारनै श्रमिक भएकाले त्यसले एकीकृत जनक्रान्तिलाई टेवा पुग्ने बताए । उनले २१ बटै पेशागत मजदुर संघको झण्डा मुनि गोलबन्द हुँदै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आन्दोलनलाई नयाँ उचाईमा उठाउनु पर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष श्याम सेन्चुरीले जब उत्पीडकहरु उत्पीडितमाथी उत्पीडन गर्दछन तब उत्पीडितहरु लड्न जरुरी ठान्दछन् त्यहा दर्शनबारे सोच्नुभन्दा पहिले निकास खोज्नेतिर लाग्दछन । जब जनताले पहिलो कदम चालेर अघि बढे तबमात्र माक्र्सवाद – लेनिनवाद जन्म्यो र तिनिहरुले दर्शनशात्र पत्ता लगाए हामी यसरी नै गुज्रेका छौं जसका कारण वर्गसंघर्षमा भाग लियौं जो प्रचण्डले धोका दिएको आन्दोलनलाई नेकपाका महासचिव बिप्लबले उठाएको वर्गसंघर्ष अहिलेको आबस्यकता हो । अबको मजदुर आन्दोलनको दृस्टिकोणमा नै बिकास गर्न नसक्दा कार्यननीतिको प्रश्नको बिषय बनाएर गोलचक्करमा फसेर प्लाएन समेत भएको कुरा ब्यक्त गरे । हाम्रो संगठनले पनि पुरानो अन्तरबिरोधको सहि बिचारलाई रक्षा गर्दै बर्तमान परिबेसलाई पक्ड्दै बिकास गर्न जरुरी छ भने । नेपालमा यतिखेर बिदेशी हस्तक्षेपका ४ आयामहरु देखा परे ।
१- भारतको हिन्दुबादी सरकार बिषेशत: उत्तरप्रदेश सरकारले नेपाल हिन्दुरास्ट्र कायम हुनु पर्दछ भनी दिएको धारणा ।
२- युरोपियन युनियनको सँघियता क्रीस्चियन धर्म रणनीति ।
३- चिनको बि आर आई ।
४- अमेरीकाले अगाडि बढाएको हिन्दप्रशान्त रणनीतिको अंगले अन्य तीन आयामलाई खाईदिए जस्तै अन्य श्रमिक आन्दोलन पनि अर्थबाद, समन्वयबाद हुँदै गोल चक्करमा फसेको ट्रेड युनियन आन्दोलनलाई हाम्रो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाले खाईदिने भनाई राखे ।
उक्त कार्यक्रममा विशाल सुब्बाले सुभकामना मन्तब्य, नीरबहादुर भुजेलले स्वागत मन्तब्य राखेका थिए भने नारायण तोलाङ्गेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सन्चालन हिरा शाहीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]