‘जनपत्रकारले बैज्ञानिक समाजवादको पक्षमा कलम चलाउनु पर्छ ‘

२०७९ श्रावण १३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटरी सुमनले जनपत्रकारहरूको उद्देश्य मिसन पत्रकारिता भएकाे बताउँदै जनपत्रकारहरुले कलमको मोर्चाबाट बैज्ञानिक समाजवाद स्थापनाको पक्षमा लडाइँ जारी राख्नुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल गुल्मीको तेस्राे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै सेक्रेटरी सुमनले सो कुरा बताएका हुन्।
सेक्रेटरी सुमनले जनपत्रकारहरुले मिडियाको माध्यमद्वारा वर्तमान दलाल संसदीय व्यवस्थाकाे भण्डाफाेर गर्दै एकीकृत जनक्रान्तिको नीति, विचार र सिद्धान्तलाई श्रमिक जनताको बीचमा पुर्याउनुपर्ने बताए । उनले पत्रकार एबं सन्चारकर्मीको पेसागत हक अधिकारकाे ग्यारेन्टी गर्न सन्चारकर्मीहरू जनपत्रकार संगठनमा संगठित हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव बिहानी मगरले जनपत्रकार संगठन नेपाल रहेका विग मिडियाहरुकाे काउन्टर गर्ने संगठनकाे रुपमा स्थापित हुनुपर्ने बताए । उनले दुरदराजमा रहेका जनताका दु:ख पीडाहरुलाई पत्रकारका आँखाहरु देख्नुपर्ने र कलम चलाउनुपर्ने भन्दै जनताका आधारभुत आवश्यकता पूरा नभएसम्म निरन्तर कलम चलाउनुपर्ने बताइन्। उनले यहि भदाै ११/ १२ गते काठमाडौंमा हुने चाैंथाे राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नकाे निम्ति आ- आफ्नाे ठाउँबाट लाग्नुपर्ने बताइन्भ ने अखिल (क्रान्तिकारी ) गुल्मीका संयोजक राज खड्काले जनपत्रकारहरुले जिल्लामा हुने भ्रष्टाचार,अनियमित विसंगति विरुद्ध कलम चलाउनुपर्ने बताए ।
बैठक तथा प्रशिक्षण कार्यक्रम जनपत्रकार संगठन नेपाल गुल्मीका संयाेजक दिपेन्द्र खत्रीकाे सञ्चालन र अध्यक्षतामा सम्पन्न भएको थियाे । बैठकले संगठनको चौंथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्न जिल्लामा प्रभावकारी भूमिका खेल्ने, जनपत्रकारिता तालिम संचालन गर्ने, संगठन बिस्तारलाई तीब्रता दिने, सन्चारकर्मीहरूको पेशागत हकहितका लागि संघर्ष गर्नेलगायत निर्णय गरेको जिल्ला संयोजक दीपेन्द्र खत्रीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]