चार दलिय संयुक्त रणनैतिक मोर्चाद्धारा देशव्यापी कोणसभा

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार दलिय संयुक्त रणनैतिक मोर्चाले शुक्रबार राष्ट्रिय स्वाधीनता, राजनैतिक, आर्थिक, जनजीविका र सामाजिक सुरक्षालगायतका समस्याहरु चरमोत्कर्सतिर बढेको भन्दै देशव्यापी कोणसभा गरेका छन् । चार दलिय संयुक्त रणनैतिक मोर्चाको पुर्व घोषित संघर्षका कार्यक्रम अन्तर्गत शुक्रबार काठमाण्डौंको ईन्द्रचोक, गोंगबु बसपार्कको बिजि मल अगाडी, कोटेश्वर,ललितपुरको लगनखेल, भक्तपुरको सूर्यविनायकलगायत देशका प्रमुख शहर र ७७ वटै जिल्लामा कोणसभा सम्पन्न गरेको बताइएको छ ।
देशव्यापीरुपमा भएका कोणसभाका प्राय सबैजसो वक्ताहरुले राष्ट्रघाती सम्झौता एमसीसी, एसपीपी, महङ्गी, मुल्यवृद्धि र नागरिकता विधेयकको बिरोध र , तीन बुँदे सहमतिकाे यथाशिघ्र कार्यन्वयन तथा राजबन्दीहरुलाई तत्काल रिहा गर्न माग गरेका थिए ।