एमसीसी, आइपीएस र एसपीपीबिरुद्ध हस्ताक्षर संकलन

२०७९ श्रावण १४ गते, शनिबार


काठमाडौं । संयुक्त मोर्चा सघर्ष समिति मकवानपुरले शुक्रबार राष्ट्रघाती एमसीसी, आइपीएस, एसपीपी सम्झौता विरुद्ध हस्ताक्षर संकलन गरेको छ । मोर्चाले नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु खारेज गर्न, मँहगी, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न तथा राजबन्दीहरु रिहाइको समेत माग गर्दै हस्ताक्षर संकलन गरेको हो। कार्यक्रम विभिन्न ६ दल दुई मोर्चा र एक बुद्धिजीवी संगठनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा भएको थियो। बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म भएको उक्त कार्यक्रम साँझ पाँच बजेपछि कोणसभा गरि म समापन गरिएको थियो।
उक्त हस्ताक्षर संकलन कार्यक्रममा नेकपा मकवानपुरका इन्चार्ज सन्देश पौडेल, सेक्रेटरी राम घलान (वाटर), नगर सेक्रेटरी सुर्य अर्याल, बैज्ञानिक समाजवादीका जिल्ला सदस्य यदु पासा, नेकपा मकवानपुरका संयोजक माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल मकवानपुरका संयोजक ओबेन्द्र ब. लुइँटेल नेकपा माले मकवानपुरका उपाध्यक्ष हरिकृष्ण अधिकारीको उपस्थिति रहेको थियो। त्यस्तै नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य दीपेन्द्र श्रेष्ठ, सचेत नेपाली मकवानपुरका प्रवक्ता मुक्तिनाथ पुडासैनी, नागरिक सरोकार समिती मकवानपुरका संयोजक केशव गौतम , स्वतन्त्र बुद्धिजीवीका मान ब. लामा लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]